February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा सैन्य विमान र अमेरिकन एयर ठोकियो

२०८१ माघ १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

185

 

अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिकै अमेरिकी सैन्य विमान र यात्रुबाहक जेटबीच भएको ठोकिएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बुधबार राति जनाएको अनुसार, पीएसए एयरलाइन्सको क्षेत्रीय जेट रीगन वाशिङ्टन राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा सिकोरस्की एच–६० हेलिकप्टरसँग आकाशमै ठोक्किएको हो । अमेरिकाको क्यान्सस राज्यबाट सङ्घीय राजधानी वासिङ्टन डिसी को रोनाल्ड रेगन अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएर पोटोमाक नदीमा यात्रुवाहक अमेरिकन एयरलाइन्सको विमान खसेर दुर्घटना धेरै यात्रुहरु हताहत भएको समाचारहरु आइरहेको छ।
एफएएका अनुसार, पीएसए एयरलाइन्सद्वारा सञ्चालित अमेरिकन एयरलाइन्सको उडान नम्बर ५३४२ क्यान्ससको विचिटाबाट उडेको थियो । अमेरिकन एयरलाइन्सको वेबसाइटअनुसार, उक्त जेटमा ६५ यात्रु अट्ने क्षमता भएको उल्लेख छ ।

प्रहरीका अनुसार, विमानस्थलको किनारमा रहेको पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्यका लागि विभिन्न निकायहरू संलग्न छन् । हालसम्म हताहतीबारे कुनै आधिकारिक जानकारी आएको छैन । विमानस्थलले बुधबार राति जानकारी दिँदै सबै उडान तथा अवतरण रोकिएको जनाएको छ, किनभने आपतकालीन टोलीहरू उद्धार कार्यमा जुटेका छन् । राष्ट्रिय यातायात सुरक्षा बोर्डले थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ ।