February 8, 2025, Saturday
२०८१ माघ २६
फलोअप समाचार

अमेरिकी दुतावासलाई पत्र लेखेको उपसभामुखद्धारा स्वीकार, एक सय भन्दाबढी नेपाली सहभागी हुने के हो सिएसडब्लु बैठक ?

२०८१ श्रावण ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.6K

खबरमाला विशेष रिर्पोट,
सर्बत्र दवाबपछि उपसभामुख ईन्दिरा रानाले आफुले अमेरिकी दुतावासलाई पत्र लेखेको स्वीकार गरेकी छिन । शुरुका दिनहरुमा आफुमाथी झुटो लान्छाना लगाएको बताउने उपसभामुख रानाले अहिले आएर आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउँथे, कोही सिफारिश त्यसक्रममा चिनजानका रास्वपा झापाका नेता उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए मैले लेखिदिए । उनले खबरमाला प्रतिनिधिसंग भनिन मैले सिफारिश गरेर हुने होईन अन्र्तवार्ताको समय सार्नका लागि मात्र पत्र लेखकी हुँुँ’, ‘म आफैं पनि उनिहरु संगै जाने कार्यक्रम थियो । तर उनले लेखेको पत्रको आशय त्यस्तो छैन । पत्रमा नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचें तर गलत अर्थ लगाईयो’ उनले भनिन ।
उपसभामुख रानाले उल्टै हामीसंग भनिन यो कुरा डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ ? आफूले नबुझेको उनले बताइन् । कुरालाई बंग्याउन खोजे जस्तो गर्दै उनले भनिन कसैसंग आर्थिक लाभ नलिएको दावी गरिन । तर शूूरुमा अन्र्तवार्ताका लागि समय सार्न भनिएपछि आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी र आफूसँगै जाने पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश मात्र गरिनन, उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा अझै रहस्यमय छ । रास्वपका एक नेताका अनुसार अमेरिका पठाउने नाममा ठुलै रकम लिएको र भिषा नलागेपछि विवाद बाहिर आएको हो । सम्बद्ध श्रोतले दिएको जानकारी अनुसार सभामुख देवराज घिमिरेले यस विषय गम्भीर भएको बताएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् भने एक महनिापनि नवित्दै दुतावासलाई पत्र लेखेर फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ बैठकमा ९ मार्च ६ देखि १७ तारिक सहभागी हुन अमेरिका गएकी थिइन् । जुन कार्यक्रमका लागि उनले सिफारिस गरेकी छिन । आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’ त्योबाटै सिधै उनको आर्थिक लाभ लिने नियत देखिन्छ ।

के हो सिएसडब्लु बैठक ?

कमिसन अन द स्टाटस अफ वमन (सिएसडब्लु) महिलाको बारेमा विश्वव्यापी छलफल गर्ने आयोग अर्थात संयूक्त राष्ट्र संघीय निकाय हो । यसमा बर्षेनी विश्वभरीबाट महिला अधिकारका विविध आयमहरुमा भएका प्रगति र समस्याहरुको बारेमा छलफल गर्न अधिकारवादीहरु न्यूयोर्क राष्ट्र संघीय कार्यलयमा पुग्दछन । जहाँ गैरसरकारी संस्थामा काम गर्ने अधिकारवादीहरु सहभागी हुन्छन । लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो वार्षिक सम्मेलन हो जहाँ संसारमा अधिकारवादीहरु त्यहाँ पुग्दछन र आआफ्नो देशको प्रगति विवरण प्रस्तुत गर्ने छलफल गर्ने कार्यक्रम हुन्छ । सन १९४६ जुन २१ बट शुरु भएकोले हालसम्म ६८ पटक बैठक बसेकोले सिएसडब्लु ६८ भनिएको हो । यो नम्बर बर्षेनी बढ्दछ ।
त्यतिखेर न्यूयोर्कको संयूक्त राष्ट्रसंघ कार्यालय भएको कारण एक किसिमको मेला जस्तै देखिन्छ । विश्वभरीबाट जम्मा भएका डेलिगेटका कारण होटल पाउन मुस्किल पर्दछ । यसैबाट पुष्टि हुन्छ की उनले जसलाई सिफारिस गरिन् त्यो आर्थिक लाभसंग जोडिएको प्रष्ट हुन्छ । सिफारिस गरिएका व्यक्तिहरु न कुनै अधिकारवादी हुन वा गैरसरकारी सस्था चलाउँछन । त्यो बैठकमा कुनै पनि देशबाट सरकारले सरकारी प्रगति विवरण प्रस्तुत गर्ने गर्दछ भने गैरसरकारी संस्थाहरुले फरकफरक प्रतिवेदन प्रस्तुत गर्ने गर्दछ । कहिले काही सरकार र गैरसरकारी सस्थाले संयूक्त प्रतिवदेश पनि प्रस्तुत गर्ने गर्दछन । यो कार्यक्रममा सरकारी प्रतिनिधि खास गरी महिला मन्त्रालय, महिला लायोग र महिला अधिकारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु मात्रै भाग लिन्छन । बर्षेनी सिएस डब्लुमा भाग लिन नेपालबाट एक सय भन्दा बढी अधिकारकर्मीहरु पुग्ने गरेका छन । जसमा सरकारी कर्मचारीहरु समेत गैससको सहयोगमा अमेरिका घुम्न कै लागि भए पनि हार गुहार गर्ने गर्दछन । संयूक्त राष्ट्र संघीय मिसनका कार्यरत रहेर फर्केका एक नेपाली उच्च कर्मचारीका अनुसार त्यस बैठकाम जानेहरु ५० प्रतिशत मात्रै नेपाल फर्कन्छन । केहि अरु फर्के पनि अमेरिका बस्ने वातावरण मिलाउन जाने गरेको तितो सत्य हो उनले दावी गरे ।

एक बर्ष किन गुपचुप राख्यो ?

रास्वपा नेताका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा पहिले नै कुरा उठेको तर भित्रभित्रै मिलाउन खोज्दा बाहिर आएको हो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ र शिशिर खनाललगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए । त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ दिएको बताईन्छ । पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोज्दा (सिएसडब्लु) ६८ मा पनि सिफारिस गर्छु भन्दै उपसभामुख रानाले थामथुम पारेकी कारण उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय अगाडी बढेन, तर सन् २०२४ का (सिएसडब्लु) मा पनि भिषा नलागेपछि विस्तारै कुरा बाहिर ल्याइएको श्रोतले जनाएको छ । सन २०२४ का (सिएसडब्लु) मार्च ११ देखि २४ सम्म भयो तर फेरी भिषा लागेन । अनि पैसा फिर्ता माग्ने काम शुरु भएपछि एक वर्षसम्म न भिषा न पैसा फिर्ता भन्दै पार्टीमा पुगेकाहरु नेतृत्वको सुनुवाई नभएपछि घटना बािहर आएको हो श्रोतको दावी छ । प्रति व्यक्ति कति पैसा लिएको भन्ने बारेमा अझै खुल्न बाँकी छ ।

घटना बाहिर आए पछि उनले सुरुमा सभामुखले उपसभामुखलाई सोधेका थिए, रानाले आफूले पत्र नलखेको दाबी गरिन् । ‘यदि हस्ताक्षर दुरुपयोग भएको हो भने किर्तेमा जानुस्, पत्र गलत भए सार्वजनिक गर्ने सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुस भने पनि उपसभामुखले केही गर्नुभएन ।’ सार्वजनिक रुपमै प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग चासो राखेका बताइएको छ । स्रोतका अनुसार उपसभामुखको पत्रबारे उच्च राजनीतिक नेतृत्वले समेत चासो राखेको र उपसभामुखको संवैधानिक परिषद्को सदस्य हुने भएकोले पनि कुटनीतिक रुपमा पनि यो चासो शुरु भएको बताईन्छ ।

उपसभामुख रानालाई बेलायतले पनि भिषा किन दिएन ?

स्मरणीय रहोस उनै उपसभामुख रानामगरले एनआरएनए युकेको निमन्त्रणामा मार्च २ सन २३ मा लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो । अपुष्ट समाचार अनुसार उनले काम गरेको संस्थाबाट बालबालिका हराएको वा बेचबिखन भएको आरोप लागेपछि उनको भिषा अस्वीकृत भएको बताईन्छ । उपसभामुख जस्तो व्यक्तिलाई भिषा नदिनु भनेको देशको समेत प्रतिष्ठाको कुरा हो । उनको पिए नेपाल नामक संस्थाले जेलमा रहेका बाबु आमाका बच्चाहरुको हेरचाह गर्दै आएको छ । सो सस्थामा सन् २०२२ देखि आफ्नै छोरी सुवानी आलेमगरलाई अध्यक्ष बनाएर सन्चालन गर्दै आएकी छिन । उनको संस्थामा काठमाडौंको नयाँ बजार, कालीमाटी, बुढानीलकण्ठ, शंकु, झापाको खुदुनावारी र बुट्टाबारीमा चाईल्ड होम, स्कुल चलाएका छन । अन्तराष्ट्र्रिय रुपमा समेत पुरस्कार पाएको पिए नेपाल बालबालिका संरक्षणको क्षेत्रमा अग्रणी संस्थामा गनिन्छ ।