January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिकी न्यायलयमाथी त्रास, हिंसा र गलत सूचनाले न्यायिक स्वतन्त्रता जोखिममा:  प्रधानन्यायधिष जोन रोबटर्स

२०८१ पुष १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

535

 

अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले हिंसा, त्रास, गलत सूचना र वैध अदालतका निर्णयहरूलाई अस्वीकार गर्ने धम्कीहरूले न्यायिक स्वतन्त्रतालाई गम्भीर खतरा पु¥याइरहेको बताएका छन । वर्षको अन्त्यमा प्रकाशित एक गम्भीर प्रतिवेदनमा, रोबट्र्सले अमेरिकाको बढ्दो ध्रुवीकृत राजनीतिक वातावरणमा न्यायाधीशहरूले सामना गरिरहेका धम्कीहरूको लामो सूचीप्रति चिन्ता व्यक्त गर्दै “यी चुनौतीहरूले कानूनी शासनलाई जोखिममा पारिरहेको छ ” बताएका छन ।
रोबट्र्सले लेखेका छन्, “न्यायाधीशहरूले आफ्नो काम गर्ने क्रममा हिंसाको सामना गर्नु पर्ने कुनै स्थान हुनुहुन्न ।” उनले थप चार प्रकारका गैरकानूनी गतिविधिहरू उल्लेख गरेका छन्, जसले न्यायाधीशहरूको स्वतन्त्रतालाई खतरा पु¥याइरहेको छ । यी चार क्षेत्रहरूमा हिंसा, त्रास, गलत सूचना, कानूनी निर्णयहरूलाई उल्लङ्घन गर्ने धम्की, र न्यायलाय वा न्यायधिषहरुलाई धम्कीहरूको बढ्दो संख्या भनेर किटान गरिएको छ ।

अमेरिकी मार्शल सेवाका तथ्यांक उद्धृत गर्दै रोबट्र्सले भनेका छन, “न्यायाधीशहरूविरुद्ध धम्की र शत्रुतापूर्ण सन्देशहरू पछिल्लो दशकमा तीन गुणाले वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा मात्रै संघीय न्यायाधीशहरूविरुद्ध १ हजार भन्दा बढी गम्भीर धम्कीहरू दर्ता भएका छन् । यसले गर्दा केही न्यायाधीशहरूलाई चौबीसै घण्टा सुरक्षा दिइएको छ भने कतिपय अवस्थामा सार्वजनिक कार्यक्रममा भाग लिन बुलेटप्रुफ ज्याकेट लगाउनुपर्ने अवस्था आएको प्रतिवेददनमा उल्लेख गरिएकोछ ।

२००५ र २०२० मा संघीय न्यायाधीशका निकट आफन्तहरू हत्याको शिकार बनेका थिए । २०२२ र २०२३ मा विस्कन्सिन र मेरिल्याण्ड राज्यका न्यायाधीशहरूलाई उनीहरूको घरमै हत्या गरियो । यी सबै घटनाहरू न्यायाधीशहरूले कानूनी कार्य पूरा गरेपछि भएको आक्रमणका उदाहरण हुन् । रोबट्र्सले अनलाइनमा न्यायाधीशहरूको निजी जानकारी जस्तै घरको ठेगाना र फोन नम्बर सार्वजनिक गरिने “डक्सिङ” प्रवृत्तिको पनि आलोचना गरेका । यस्तो जानकारी सार्वजनिक हुँदा असन्तुष्ट व्यक्तिहरूले न्यायाधीशहरूलाई फोनमार्फत धम्की दिने वा तिनका घरसम्म पुग्ने घटना भएका छन् । यो विवरण २०२२ मा गर्भपातसम्बन्धी संवैधानिक अधिकार खारेज गर्ने फैसलापछि सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानोको घर नजिक एक सशस्त्र व्यक्तिको गिरफ्तारीप्रति संकेत हो । रोबट्र्सले न्यायाधीशहरूको विरुद्धमा गरिएको राजनीतिक हस्तक्षेप र सार्वजनिक आलोचनाको पनि विरोध गरेका छन । यद्यपि उनले कुनै नाम लिएनन्, उनका भनाइलाई डोनाल्ड ट्रम्पको आलोचनाको रूपमा हेरिएको छ । ट्रम्पले आफूविरुद्धका विभिन्न मुद्दाहरूको सुनुवाइ गर्ने न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

हालैका सर्वेक्षणहरूले सर्वोच्च अदालत र न्याय प्रणालीप्रतिको सार्वजनिक विश्वास इतिहासकै न्यूनस्तरमा रहेको देखाएका छन् । यसमा विवादास्पद फैसला र न्यायाधीशहरूलाई घेरिरहेको नैतिक संकट मुख्य कारण मानिएको छ । यसका बाबजुद, रोबट्र्सले यी नैतिक संकटबारे आफ्नो प्रतिवेदनमा केही उल्लेख गरेनन् ।