केहि रिपब्लिकन सांसदहरू ट्रम्प प्रशासनका निर्णयहरू अवरुद्ध गर्ने संघीय न्यायाधीशहरूविरुद्ध महाभियोग प्रस्ताव गर्ने तयारीमा छन् । यसमा विशेष गरी सरकारी दक्षता विभागसम्बन्धी निर्णयहरूमा रोक लगाउने न्यायाधीशहरू लक्षित रहेको बताइएको छ । यो कदम प्रविधि अर्बपति एलन मस्क द्वारा उठाइएको “न्यायिक महाभियोगको लहर“ को आह्वानसँग मेल खान्छ ।
रिपव्लिकन सांसदहरुद्धारा तयार पारिएको महाभियोग प्रस्तावमा रिप. इली क्रेन जसले न्यायाधीश पउल एङ्गेलमेयरविरुद्ध महाभियोग प्रस्तावको मस्यौदा तयार गरिरहेको द गार्जियनले उल्ल््ेख गरेको छ । एङ्गेलमेयरले गत हप्ता मस्क अधिकारीहरूलाई भुक्तानी प्रणालीमा पहुँच अस्थायी रूपमा प्रतिबन्ध लगाउने आदेश दिएका थिए ।
त्यसैगरी रिप. एन्ड्रयू क्लाइड जसले रोड आइल्यान्ड जिल्ला न्यायाधीश जोन म्याककोनेल जूनियर विरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । म्याककोनेलले ट्रम्प प्रशासनद्वारा गरिएको संघीय कोष रोक्ने निर्णयलाई अवरुद्ध गरेका थिए । यस प्रस्तावले अमेरिकी न्यायिक स्वतन्त्रता र कार्यकारी शक्ति बीचको तनावलाई अझ बढाउने संकेत गरेको भन्दै चिन्ता शुरु भएको छ ।