January 15, 2025, Wednesday
२०८१ माघ ३

ग्रीनल्यान्ड र पानामा नहर कब्जा गर्न अमेरिकी सेना प्रयोग हुन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

२०८१ पुष २४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

400

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकी भूभागमा गाभ्ने सम्भावनामा “आर्थिक बल“ प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दुई देशबीचको सीमालाई “कृत्रिम रूपमा कोरिएको रेखा“ भनेर सम्बोधन गरे । यो सीमा विश्वकै सबैभन्दा लामो अन्तरदेशीय सीमा हो, जुन १७०० को उत्तरार्धमा अमेरिका स्थापना भएदेखि भएका सन्धिहरूबाट तय भएको हो । निर्वाचित राष्ट्रपतिले अमेरिका क्यानडाको सुरक्षामा अर्बौं डलर खर्च गर्ने दाबी गर्दै क्यानडाबाट आयात गरिने गाडीहरू, काठ, र दुग्धजन्य उत्पादनहरूको आलोचना गरे । क्यानडा अमेरिकाको एक राज्य हुनु पर्दछ भन्ने ट्रम्पको जवाफमा भखरै राजीनामा दिएका क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले “क्यानडा र अमेरिका गाभिने कुनै पनि सम्भावना असम्भव भएको बताए ।

एता राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ग्रिनल्यान्ड र पानामा नहर अधिग्रहण गर्ने आफ्नो चाहनामा कुनै कमी देखाएका छैनन्, दुबैलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक बताए । पत्रकारले डेनमार्क क्षेत्र (ग्रिनल्यान्ड) वा नहर नियन्त्रणमा लिन सैन्य वा आर्थिक बल प्रयोग गर्ने योजना छ भन्ने प्रश्नमा उनले भने, “होइन, म ती दुईमध्ये कुनै पनि विषयमा सुनिश्चितता दिन सक्दिन ।“ यसको मतलव सैन्य प्रयोग गरेर भएपनि कब्जामा लिन सकिन्छ भन्ने आशय थियो । उनले भने “तर म यो भन्न सक्छु, हामीलाई ती आर्थिक सुरक्षाको लागि आवश्यक छन्,“ उनले फ्लोरिडाको आफ्नो मार–ए–लागो निवासमा आयोजित विस्तृत पत्रकार सम्मेलनमा भने ।