February 8, 2025, Saturday
२०८१ माघ २६

जन्मसिद्ध नागरिकता पाउने अधिकारबिरुद्ध ट्रम्पको कार्यकारी आदेश

२०८१ माघ ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

520

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जन्मसिद्ध नागरिकता, जसले अमेरिकी भूमिमा जन्मेका व्यक्तिलाई नागरिकता प्रदान गर्छ, संविधानको १४औं संशोधनद्वारा सुरक्षित छ । यसलाई रद्द गर्ने प्रयासको विरुद्ध तत्काल कानुनी चुनौतीहरू सामना गर्नुपर्ने सम्भावना छ । किनकी त्यो सविधानत अधिकार भएकाले कार्यन्वयन नहुन सक्दछ । कि भने सविधानमा संसोधन आवश्यक हुन्छ । यसबाट अमेरिका आएर बच्चा जन्माउने जुन प्रचलन थियो त्यो समाप्त हुनेछ ।

जन्मसिद्ध नागरिकता, जसले अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः अमेरिकी नागरिकता प्रदान गर्छ, संविधानको १४औं संशोधनद्वारा सुरक्षित छ । आदेशमा विशेष रूपमा भनिएको छ कि जन्मसिद्ध नागरिकता सीमित गरिनेछ यदिः उक्त व्यक्तिको “आमाले जन्मको समयमा अमेरिका भित्र गैरकानुनी रूपमा उपस्थित थिइन् र बुबा अमेरिकी नागरिक वा कानुनी स्थायी बसोबास गर्ने व्यक्ति थिएनन्,“ वा “उक्त व्यक्तिको आमाको उपस्थितिलाई कानुनी तर अस्थायी मानिएको थियो ।“ आदेशले ३० दिनपछि जन्मिने र यी मापदण्ड पूरा गर्ने व्यक्तिहरूलाई अमेरिकी नागरिकता प्रमाणित गर्ने कागजात अस्वीकार गर्ने नीतिलाई लागू गर्न खोजेको छ ।

त्यसैगरी अमेरिकी–मेक्सिको सिमानामा अवैध आप्रवासनलाई राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । आपराधिक कार्टेलहरूलाई आतंककारी संगठनको रूपमा नामाङ्कन गरेका छन्, र देशमा अवैध रूपमा रहेका आप्रवासीका अमेरिकी भूमिमा जन्मेका बालबालिकाको स्वतः नागरिकता प्राप्त गर्ने कानुनी अधिकारमा बन्देज लगाएका छन ।
राष्ट्रपतिले चार महिनाका लागि अमेरिकी शरणार्थी पुनस्र्थापना कार्यक्रम स्थगित गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । यद्यपि आदेशहरूको पूर्ण पाठ तत्काल उपलब्ध भएको छैन ।