अमेरिकी सरकारको विदेश मन्त्रालयबाट विश्वभरका अधिकारकर्मीहरुबाट छानीने ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट नेपाली चेली अभियान्ता उर्मिला चौधरी छानिएकी छिन । विश्वभरीबाट जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा साहसिक योगदान गर्नेहरुमध्येबाट विश्वभरिका छ जना अभियन्ताहरुलाई पुरस्कार रसम्मन गर्ने निर्णय गरेको विदेश मन्त्रालयले जनाएको छ । चौधरीकी बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा पनि त्यहीँ सँगै काम गर्ने गरेकाले उनको परिवार नै मुक्त कमैया हुन । मुक्त कमैया अभियानमा उनको निकै ठुलो योगदान रहेको छ ।
थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान दिएकी उनले पूर्व बन्धुवा मजदुरहरूको सशक्तिकरणको लागि समर्पित मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्च सह स्थापना गरेकी चौधरीले त्यही संस्थामार्फत् कमलरी प्रथा अन्त्य गर्न लामो समयदेखि काम गर्दै आएकी अभियन्ता हुन ।
पुरस्कार पाउनेहरुमा नेपालबाट चौधरीसहित घाना, नेरदरल्याण्ड, मेक्सिको र बोलिभियाबाट एक एक जना रहेका छन ।
पुरस्कार तथा सम्मानपछि विजेताहरूले वाशिंगटन, डीसी र न्यूयोर्क शहर, अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व कार्यक्रम आईभिएलपी कार्यक्रममा भाग लिने अमेरिकी विदेशमन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जहाँ उनीहरूले आफ्ना अमेरिकी समकक्षहरूसँग सीमान्तकृत समुदायहरू र प्रणालीगत नस्लवाद, भेदभाव, हिंसा, र जेनोफोबिया विरुद्ध मानवअधिकार र सदस्यहरूको मौलिक स्वतन्त्रतालाई अगाडि बढाउन ज्ञान आदानप्रदानमा संलग्न हुनेछन्।