March 26, 2025, Wednesday
२०८१ चैत्र १३

ट्रम्प प्रशासनमाथी एकपछि अर्को धक्काः ट्रेजरी डिपार्टमेन्ट रेकर्ड हेर्न नपाउने अदालतको आदेश

२०८१ माघ २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

320

 

ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको नेतृत्त्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा रहेका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटा पहुँच गर्नबाट अदालतले रोक लगाएको छ । ट्रम्प प्रशासनले गरेको केहि कामहरुमाथी एक पछि अर्को गर्दै अदालतले रोक लगाउँदै आएको छ हो । अमेरिकाका जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई पहुँचमा प्रतिबन्ध लगाउनुका साथै रेकर्डका प्रतिलिपि नष्ट गर्न पनि आदेश दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

मस्क नेतृत्त्वको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकको अतिगोप्य व्यक्तिगत वित्तीय डेटामा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दाउपर एन्जलमेयर सरकारी दक्षता विभागलाई पहुँच नदिन प्रारम्भिक आदेश दिएका हुन् ।

एन्जलमेयरले फेब्रुअरी १४ का लागि सुनुवाई तोकेका छन् ।

मस्कको नेतृत्वमा लागत घटाउने पहल डोगेलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेपछि यो कदम आएको हो। महान्यायाधिवक्ताले मस्क विशेष सरकारी कर्मचारी नभएको र विभाग पनि आधिकारिक नभएकाले संघीय कानुनको उलंघन गरेको तर्क गरेका थिए ।

अदालतले पहुँचमा प्रतिबन्ध लगाएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ‘पागलपन’को संज्ञा दिँदै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘पृथ्वीमा हामीले पैसा कसरी खर्च हुन्छ भनेर नहेरी करदाताको पैसाको ठगी र बर्बादीलाई कसरी रोक्ने रु’