January 15, 2025, Wednesday
२०८१ माघ ३

“ट्रम्प सरकार र प्रोजेक्ट २०२५ विरुद्ध” लड्न प्रगतिशिल समुह तयारी गर्दै

२०८१ पुष १४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

395

अबको २३ दिनमा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन । उनको बोली र पहिलेको कार्यकालमा गरिएका व्यवहारहरुबाट मानिसहरु आजित छन । फेरी पनि उनले के के बबन्डर गर्ने हुन भन्दै प्रगतिशील समूहहरू डोनाल्ड ट्रम्प सरकार र प्रोजेक्ट २०२५ को विरुद्ध सामूहिक लडाईंको तयारी गरिरहेका छन् । प्रोजेक्ट २०२५ एक विशाल अति–दक्षिणपन्थी नीति योजना हो, जसलाई हेरिटेज फाउण्डेशनले प्रायोजन गरेको छ । यसले आगामी महिनामा निर्वाचित राष्ट्रपति सत्ता सम्हाल्दा सरकारले सञ्चालन गर्ने सबै क्षेत्रमा कटौती गर्ने व्यापक सुधारको वाचा गरेको छ ।

डेमोक्रेसी फरवर्डकी प्रमुख कार्यकारी स्काई पेरीमन यो प्रतिरोधको नेतृत्व गर्नेछिन् । यो प्रतिरोध डेमोक्रेसी २०२५ नामक नयाँ गठबन्धनद्वारा अगाडि बढाइनेछ, जसमा “मुद्दा, वकालत र नीतिगत समूहहरू” समावेश छन् । यसले तत्काल कानुनी प्रतिरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ, जुन २०१७ मा ट्रम्पले राष्ट्रपति पद ग्रहण गर्दा देखिएको अनुभवबाट सिकेर अझ बलियो बनाइएको जनाइएको छ ।

डेमोक्रेसी फरवर्डकी प्रमुख पेरीमनले बताएकी छिन “ट्रम्पले पद ग्रहण गरेपछि, संयुक्त राज्यका समुदायहरूमा प्रशासनले लागू गरेको नीतिहरूका कारण विभिन्न प्रकारका क्षतिहरूको सामना गर्न थालियो । केही स्पष्ट देखिने जस्ता घटना थिए, जस्तै मुस्लिम प्रतिबन्ध, जसले वकिलहरूलाई आफ्नो सामान छोडेर एयरपोर्टमा रोकिएका मानिसहरूको सहयोगमा दौडिन बाध्य बनायो । त्यस्तै, अन्य संस्थाहरूले ती नीतिहरूविरुद्ध मुद्दा हाले । यस्तै, अन्य थोरै चर्चित कुराहरू जस्तै टाइटल १० ग्याग नियमले गरिब महिलाहरूको लागि परिवार योजना पहुँचमा कटौती ग¥यो।” । “तर प्रशासनले धेरै त्यस्ता कामहरू गरिरहेको थियो जुन धेरैको ध्यानमा पर्दैनथ्यो, तर जसले लाखौँ अमेरिकीहरूलाई नकारात्मक रूपमा असर गरिरहेको थियो र धेरै अवस्थामा त ती अवैध पनि थिए । त्यसैकारण डेमोक्रेसी फरवर्ड स्थापना ट्रम्पको अघिल्लो कार्यकालमा स्थापना भयो । यसको उदेश्य संयुक्त राज्यका नागरिकहरूलाई हुने खतराहरू, कानूनी शासनलाई हुने चुनौतीहरू, र सरकारको संचालनमा देखा परेका अतिवादी र अवैध गतिविधिहरूलाई उजागर गर्न थियो,” स्काई पेरीमनले भनिन् ।

डेमोक्रेसी फरवर्डले पहिलो ट्रम्प प्रशासनविरुद्ध १०० भन्दा बढी मुद्दा दायर ग¥यो । यी मुद्दाहरूमा मतदाता ठगीे आयोगद्वारा व्यक्तिगत मतदाताहरूको जानकारी सङ्कलन, द्विदलीय स्वास्थ्य सेवा कार्यक्रमहरू, जस्तै किशोर गर्भावस्था रोकथाम कार्यक्रमको संघीय वित्त पोषणको अचानक बन्द गरिनु, र स्कूलका बालबालिकाका लागि पोषण मापदण्ड खारेज गर्ने कामहरू समावेश थिए । पेरीमन पहिले डेमोक्रेसी फरवर्डमा वरिष्ठ कानूनी सल्लाहकार थिइन् । त्यसपछि उनी अमेरिकी प्रसूति र स्त्रीरोग विशेषज्ञहरूको कलेजमा प्रमुख कानूनी अधिकृत र सार्वजनिक मामिलाको प्रमुख भइन् । उनले २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि डेमोक्रेसी फरवर्डमा पुनः सहभागिता जनाइन्, तर रिपब्लिकन राज्यहरूमा मौलाएको आधारभूत अधिकारमाथिको चुनौतीहरूलाई लक्षित गर्दै अगाडी बढीन ।

उनीहरूले प्रोजेक्ट २०२५ निर्माण गर्ने समूहहरूसँग लड्न सक्रिय निगरानी गरिरहेका छौँ, र प्रशासनले कानुनको अवज्ञा गरेमा अमेरिकी जनतालाई उपलब्ध उपायहरूको विश्लेषण गरिरहेका छौँ । त्यसैले डेमोक्रेसी २०२५ गठन गरिएको हो, जसलाई नोहा बुक बाइन्डर र सिटिजन्स फर रिस्पोन्सिबिलिटी एन्ड एथिक्स इन वाशिंगटन, पूर्व राष्ट्रपति बाराक ओबामाका एथिक्स सिजार नोर्म इसेन, नेशनल विमेन्स ल’ सेन्टर, र नेशनल इमिग्रेशन ल’ सेन्टरजस्ता व्यक्ति र समूहहरूले समर्थन गरेका छन् । स्काई पेरीमनले “पढ्ने स्वतन्त्रता जस्ता आधारभूत स्वतन्त्रताहरूलाई खतराको“ चेतावनी दिइन् । द गार्डियनबाट ।