अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनमा नहर पार गर्ने अमेरिकी जहाजलाई चर्को मुल्य लिएको भन्दै सो पानमा नहर नै अमेरिकी सरकारलाई बुझाउन अभिव्यक्ति दिएको केहि समयमा नै नहरले फेरी मुल्य बढाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पनामालाई चेतावनी दिएको डेढ हप्तामा मुल्य घटाउनेको साटो बढाएको हो । जनवरी १ देखि लागु भएको नयाँ मुल्यमा सामान्य जहाजले पनामा नहर पार गर्नको लागि जनवरी १ देखि १२ हजार डलर तिर्नुपर्नेछ । यसअघि यो महसुल १० हजार ५०० डलर थियो । सुपर जहाज र ठूला कन्टेनर जहाजहरूले पनि ट्रान्जिट शुल्क वृद्धिको सामना गर्नेछन् । पनामा नहर प्राधिकरणका अनुसार, यो वर्षदेखि नहर पार गर्ने सबै जहाजहरूका लागि यी परिमार्जनहरू लागू हुनेछन् ।
त्यसपछि राष्ट्रपति ट्रम्पको कुनै प्रतिक्रिया आउन बाँकी छ । जसका कारण सबै भन्दा बढी अमेरिकी जहाज कम्पनीहरुले मुल्य बृद्धिबाट प्रभाव पर्ने निश्चित छ । यसको मतलव अर्को महसुल वृद्धि चाँडै नै विश्व व्यापार र अमेरिकी उपभोक्ताहरूमाथि प्रभाव पार्नेछ ।
पनामा यस महिनामा पनामा नहर पार गर्ने जहाजहरूका लागि नयाँ महसुल निर्धारण गरेको पानमा सरकारले बताएको छ । यो महत्वपूर्ण जलमार्गबाट वार्षिक रूपमा ७० प्रतिशत भन्दा बढी यातायात अमेरिकी नौसेना र व्यापारी जहाजहरूबाट हुन्छ ।
नहरको महसुल परिमार्जन एक गम्भीर खडेरीपछि गर्न लागिएको पानमा सरकारले जनाएको छ । जसले पानीको स्तरलाई उल्लेखनीय रूपमा घटायो र जहाजहरूको आवागमन क्षमतामा कमी ल्याएपछि मुल्इ समायोजना गर्न लागिएको बताइएको छ । यसबाट आएको राजस्व घाटाको कारण, अधिकारीहरूले प्रति जहाज महसुल बढाएको हो ।
अलग रूपमा, निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रवेश गर्ने सबै विदेशी सामानहरूमा महसुल लगाउने आफ्नो योजनाको प्रस्ताव गरेका छन् र त्यसलाई निरन्तर समर्थन गर्दै आएका छन् । यो चुनावी वाचा अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् कि यसले अमेरिकी उपभोक्ताहरूका लागि मूल्य अझै वृद्धि गर्नेछ ।
पनामा नहरलाई पनामा क्यानल अथोरिटीद्वारा सञ्चालन गरिन्छ, जुन पनामा सरकारको एउटा निकाय हो । यो निकायले पछिल्ला २५ वर्षदेखि नहरको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ । जसरी भनिएको छ, पनामा यस वर्ष गम्भीर खडेरीपछि नहरमा भएको जाम हटाउनका लागि महसुल परिमार्जनको श्रृंखला कार्यान्वयन गर्दैछ । कुनै समयमा, पनामा अधिकारीहरूले पानीको स्तर कम भएका कारण जहाजको पार हुने संख्या ३६ प्रतिशतले कटौती भएको बताएका थिए ।
एपी समाचार संस्थाका अनुसार पनामालाई २०२४ मा ४५ सय मिलियनदेखि ४७ सय मिलियन डलर घाटा भएको जनाएको छ । यो व्यवधानले विश्वव्यापी व्यापारका लागि ठूलो समस्या सिर्जना गरेको उल्लेख छ । यो नहर १ सय ४४ भन्दा बढी समुद्री मार्गहरूलाई सेवा दिन्छ र १ सय ६० देशहरूसँग जोड्छ, जसले विश्वका करिब १७ सय भन्दा बढी बन्दरगाहसम्म पुग्छ ।
त्यति मात्र होइन, ८० किलोमिटर लामो मार्ग पार गर्ने ७० प्रतिशत भन्दा बढी कार्गो जहाजहरू अमेरिका जान वा फर्कँदै गरेका हुन्छन । जाम घटाउनका लागि बनाइएको नयाँ महसुल सबै राष्ट्रहरूलाई असर गर्नेछ जसले पनामा नहर प्रयोग गर्छन्, केवल अमेरिकालाई मात्र होइन पानमा सरकारले बताएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै आयातमा आयातमा २० प्रतिशत र र चिनियाँ आयातमा १०० प्रतिशत दर लगाउन प्रस्ताव गरेको छ । राष्ट्रपतिका रुपमा ट्रम्पले सत्ता सम्हाल्नु २० दिन अघि पानमा सरकारले मुल्य बढाएर अमेरिकी सरकारलाई चिड्याएको चर्चा शुरु भएको छ ।