March 26, 2025, Wednesday
२०८१ चैत्र १३

भारतीय प्रधानमन्त्रि मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

२०८१ फाल्गुन २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

190

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ। ट्रम्प पुनः निर्वाचित भएपछिको यो उनीहरूको पहिलो बैठक हो । बैठकमा मुख्य रूपमा व्यापार, भन्सार शुल्क ट्यारिफ र आप्रवासनबारे छलफल केन्द्रित रहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले भारतसँग “शानदार व्यापार सम्झौताहरू” गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रधानमन्त्री मोदीलाई “महान नेता” भन्दै प्रशंसा पनि गरे। तर, बैठक अघि नै ट्रम्पले रेसिप्रोकल टेरिफ पारस्परिक शुल्क प्रणाली लागू गर्ने घोषणा गरे, जसले भारतीय अर्थतन्त्रमा असर पार्न सक्नेछ। मोदीले वार्तामा भारतलाई अनुकूल व्यापार सम्झौता गर्ने प्रयास गर्ने रोयटर्सले जनाएको छ ।

बिश्व मुद्दाबारे पनि छलफल भयो। रुस(युक्रेन युद्धबारे मोदीले शान्ति प्रक्रियाको पक्षमा भारत उभिएको बताए। उनले भने, “भारत तटस्थ छैन, बरु शान्तिको पक्षमा छ। युद्ध समाधान वार्ताबाट मात्र सम्भव छ।”