January 15, 2025, Wednesday
२०८१ माघ ३

राष्ट्रपति बाईडनद्धारा छोरा हण्टरलाई “करछली र अपराधिक मुद्दा “मा माफी

२०८१ मंसिर १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

आखिर राजनीति न हो चाहे त्यो अमेरिकामा होस वा नेपालमा आफना सन्तानप्रति सबैको माया हुन्छ । हो त्यहि मायाले आज अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन । अमेरिकी राष्ट्रपतिसंग एउटा त्यस्तो अधिकार हुन्छ की जस्तो सुकै अपराध गरेपनि निश्चित व्यक्तिहरुलाई माफी दिन चाहे त्यो माफी सदर हुन्छ ।
बाइडेनले आफ्नो छोरा हन्टरको लागि माफी गर्ने निर्णय गरेका छन् । आइतबार राति “आज, मैले मेरो छोरा हन्टरको लागि माफीमा हस्ताक्षर गरें,” राष्ट्रपतिले एक विज्ञप्तिमा भनेका छन यो एक “पूर्ण र बिना शर्त क्षमा” हो। यसको मतलत कुनै पनि अदालतमा मुद्दा नलाग्ने गरी दिने माफी हो ।

बाइडेनले बारम्बार आफ्नो छोरालाई क्षमा नदिने बताएउँदै आएका थिए तर अचानक यो खबरले सबैलाई आश्चर्य पारि दिएको छ । आगामी डिसेम्बर १२ मा संघीय बन्दुकको आरोपमा उनको सजायको लागि सजाय सुनाउनु अघि आएको छ। संघीय कर छलीको आरोपमा सेप्टेम्बरमा दोषी ठहरिएपछि हन्टर बाइडेनलाई डिसेम्बर १६ मा छुट्टै आपराधिक मुद्दामा सजाय सुनाइनेछ।

माफीले हन्टर बाइडेनको बन्दुकको आरोपमा सजाय र दोषी दुवैलाई निस्तेज बनाई दिने एनबिसीवाशिंगटनले उल्लेख गरेको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीका अनुसार यस सप्ताहन्तमा आफ्नो छोरालाई माफी दिने निर्णयको समाचारमा उल्लेख छ । ८२ वर्षीय बाइडेन ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्त्यमा छन् ।