April 23, 2025, Wednesday
२०८२ बैशाख ११

राष्ट्रपति बाईडेनद्धारा राष्ट्रको नाममा सम्बोधनः लोकतन्त्र बचाउने र यूवा पुस्तालाई नेतृत्व हस्तान्तरण

२०८१ श्रावण ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

800

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार साँझ व्हाइट हाउसको ओभल अफिस(कार्यालय )बाट राष्ट्रलाई सम्बोधन गर्दै लोकतन्त्र बचाउने र “नयाँ पुस्तालाई मशाल” हस्तान्तरण गर्ने उद्धेश्यले २०२४ को राष्ट्रपतिको दौडबाट आफू अलग हुने आफूले निर्णय गरेको बताए । उनले सार्वजनिक सेवामा आधा शताब्दी बिताएको भएको भन्दै दललाई एकताबद्ध गर्नका लागि व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक भएको बताए । “म यो कार्यालयलाई सम्मान गर्छु।

तर म मेरो देशलाई बढी माया गर्छु,’ राष्ट्रपतिले भने । तपाईहरुलाई राष्ट्रपतिको रूपमा सेवा गर्न पाउनु मेरो जीवनको सम्मान हो। र ,अमेरिकी जनताको लागि काम गर्न पाउँदा मलाई आनन्द लाग्छ, “उनले भने। बाइडेनले डोनाल्ड ट्रम्पको नाम उल्लेख गरेनन्, तर उनले पूर्व राष्ट्रपतिसँग स्पष्ट भिन्नता कोर्ने प्रयास गरे। अमेरिकाको बारेमा ठूलो कुरा यो हो कि यहाँ राजा र तानाशाहले शासन गर्दैनन्,” बाइडेनले भने। जनताहरूले गर्छन्। इतिहास तपाइहरुको हातमा छ।

उनले गत आइतवार राष्ट्रपतिको दौडबाट निस्के पछि र गत हप्ता कोभिड-१९ बाट संक्रमित भै निको भए पछि सार्वजनिक रुपमा उनि पहलो पटक देखिएका हुन् । करिब ११ मिनेटसम्म उनले सम्बोधन गरेका थिए । उनले उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गर्दै भने उनि अनुभवी छिन् । उनी कडा छिन्। उनी सक्षम छिन्। उनि मेरो लागि विश्वसनीय र हाम्रो देशको लागि एक नेता हुन् । “अब छनोट तपाईहरुमा निर्भर छ, र अमेरिकी जनतामा ” उनले थपे।