March 26, 2025, Wednesday
२०८१ चैत्र १३

राष्ट्रपतिमा ह्यारिस र ट्रम्पको ४७ प्रतिशत बराबरी संभावना: मत सर्भेक्षण

२०८१ कार्तिक १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

535

अमेरिकी राष्ट्रपति निर्वाचनको मिति नजिक हुँदै गर्दा राष्ट्रपतिका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विश्वविख्यात मिडिया कम्पनी सीएनएनले गरेको सर्वेक्षणमा ४७ दशमलव ५ प्रतिशत सम्भावित मतदाताले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् भने ४७ दशमलव ५ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । यो एक एतिहासिक प्रतिस्पर्धा देखिएको छ ।

सीएनएन पोलिंगले ह्यारिस र ट्रम्प बीचको छोटो अभियानमा कडा दौड पाएको हो । राष्ट्रपति जो बाइडेनले प्रतिसपर्धाबाट बाहिरिएपछि र ह्यारिसको पछाडि आफ्नो समर्थनमा बढेर ट्रम्पलाई दवाबमा राखेका थिए । यो पोलबाट राष्ट्रपतिमा यसै भन्न सकिन्छ भन्न नसकिने देखिन्छ । विभिन्न शिर्षकमा गरिएका पोलहरुमा महिला पुरुष, काला गोरा, सबैखाले लामो पोलले यो प्रतिस्पर्धालाई अन्तिम नतिजाको रुपमा देखाएको छ ।

खासगरी यो सर्भेक्षणमा बाईडन प्रशासनप्रति मानिसहरुले महंगी बढाएको, असुरक्षा बढेको , सीमा सुरक्षा गर्न नसकेको लगायत कमजोरी देखाउँदै आएका छन । जसका कारण कमलालाई मतदान नगर्ने भन्ने समुह पनि संलग्न देखिन्छ । खासगरी कमला र बाईडेनमा नीतिका हिसाबले केहि फरक छैन भन्दै यो सर्भेक्षणमा मुलकका लागि ट्रम्पले केहि गर्छनकी भन्दा नी बाईडनको आक्रोसको असर कमलाप्रति परेको छ ।

https://www.cnn.com/2024/10/25/politics/cnn-poll-harris-trump/index.html