नेपालमा सन् १९६२ देखि हालसम्म चार हजार भन्दा बढी पिस कोरले स्वयंसेवकहरूले नेपाली समुदायहरूसँग साझेदारी गर्दै स्थानीय विकासमा सहभागी भएका छन । हालै नेपालका लागि अमेरिकी राजदूत थम्पसनले गण्डकी प्रदेशका विभिन्न समुदायहरूमा कार्यरत पिस कोर स्वयंसेवकहरूलाई भेट गर्दै ईतिहास स्मरण गरेका छन । सन् १९६२ यता लगभग ४ हजार भन्दा बढी अमेरिकी स्वयंसेवकहरूले नेपाली समुदायहरूसँग साझेदारी गर्दै स्थानीय विकास चुनौतीहरू समाधान गर्ने प्रयास गर्नुभएको बताए ।
हाम्रा स्वयंसेवकहरूले आफ्ना होस्ट परिवारहरूसँग समय बिताउँदै, नेपाललाई घरबाट परको घर महसुस गराउँदै यहाँको न्यानोपन र आतिथ्यतालाई अनुभव गरिरहनुभएको बताए । हामी नेपाली समुदायहरूप्रति निकै आभारी छौं जसले हाम्रा स्वयंसेवकहरूको अनुभवलाई वास्तवमै विशेष बनाउनुभएको छ एक कार्यक्रममा राजदुत थम्पसनले बताए । शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरू सम्पन्न गरेका छन् ।
सन् १९५० मा पिस कोरको अवधारणा अमेरिकी कांग्रेसमा प्रस्तावित गरिएको अबधारणाले पुर्ण रुप पाएको थियो । विश्वका विभिन्न एक सय ४२ मुलुकमा सामाजिक काममा खटिने गर्दछन । तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले १ मार्च १९६१ मा कार्यकारी आदेशमार्फत पिस कोर स्थापना गर्नुभएको थियो । पहिलो स्वयंसेवकहरू १९६१ को अगस्ट महिनामा अफ्रिका प्रस्थान गरेका थिए। सहभागी हुने पहिलो देशहरू घाना र हालको तान्जानिया हो । विश्वभर एक सय ४२ देशमा साढे दुईलाख भोलुन्टरले आवद्ध भएर काम गरि सकेका छन । सन १९६२ मा नेपाल र संयुक्त राज्य अमेरिका सरकारहरूले पिस कोरलाई नेपालमा सञ्चालन गर्न अनुमति दिने दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेपछि पहिलो समूहका ७७ स्वयंसेवकहरू १९६२ को सेप्टेम्बर महिनामा काठमाडौं पुगेका थिए । पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्छन् । पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर-सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ ।