March 26, 2025, Wednesday
२०८१ चैत्र १३
पुस्तक समिक्षा:

कसले भन्छ हामी नेपालदेखि टाढा छौं ?

२०८१ फाल्गुन २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1K

सात–आठ वर्षको उमेरमा धामीझाँक्री र गुफामा बस्ने साधुबाट प्रभावित हुनुहुन्थ्यो उहाँ । धामीझाँक्रीका पहिरन र समाजले उनीहरूलाई दिएको महत्त्वले उहाँलाई लोभ्याउँथ्यो । र, सोच्नुहुन्थ्यो – म पनि त्यस्तै धामी हुन पाए !

जिउ हल्लाएर काम्ने कोसिस गर्दा पनि काम नछुटेपछि उहाँमा प्रश्न जन्मिए । जिज्ञासा बढ्दै गए । नयाँ विषय, नयाँ संसार, नयाँ दुनियाले तान्दै लगे । उहाँले पहाडबाट तराई, तराईबाट राजधानी, राजधानीबाट विदेश र विदेशकै नयाँ नयाँ मुकाम छिचोल्दै जानुभयो र बन्नुभयो– अनुसन्धान र प्राविधिकरप्राज्ञिक लेखनमा विश्वले चिनेको नाम ।
अन्वेषकरप्राध्यापकरअमेरिकी सरकारको उच्च ओहोदामा कार्यरत वैज्ञानिक डा। चन्द्र गिरीले यो उचाइ कसरी भेट्नुभयो रु जवाफ दिने दस्ताबेज हो – दुई वर्षअघि प्रकाशित उहाँको आत्मकथा ‘मैले नदेखेको सपना’।

अरु मान्छे देखेको सपनाको कुरा गर्छन् । उहाँ नदेखेका सपना र प्राप्तिका कुरा गर्नुहुन्छ । उहाँको आशय छ – चनाखो भएर हिंडिरहनुपर्छ । विश्राम लिनेहरू, जे छ ठिकै छ भन्नेहरू एउटा निश्चित भूगोल, एउटा परिवेशमै थन्किन्छन् । सिङ्गो पृथ्वी नै मेरोरहाम्रो भन्नेहरूले संसार देख्छन् र उपलब्धिका नयाँ नयाँ सिँढी चढ्छन् ।
त्यस्तै हिँडाइ, खोजी र सिँढीहरूको फेहरिस्त हो – ‘मैले नदेखेका सपना।’

त्यो हिँडाइले खोटाङ–चिमचिमाका ‘पशुपति’ (डा। गिरीको बाल्यकालीन नाम) लाई चालीसभन्दा बढी देशका पैतालीसभन्दा बढी विश्वविश्वविद्यालयमा प्राज्ञिक कर्म गरिसकेको उचाइ दिएको छ । त्यसैले उहाँलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘एउटा सपनामा टेकेर अर्को सपना देख्ने व्यक्ति हो डा। चन्द्र गिरी।’
मैले भर्खरै पढ्न पाएको ‘मैले नदेखेको सपना’ डा. गिरीको ४१६ पृष्ठ लामो आत्मकथा मात्र हैन, अन्वेषण र उत्खनन र यात्रा रुचाउने कर्मजीवीहरूका निम्ति एउटा ‘गाइडबुक’ पनि हो ।

किताबले डा. गिरीले बिना विश्राम हिड्नुभएका बाटाहरूको चर्चा गरेको छ । त्यहाँ नेपालका कथा छन्, परदेशका सम्झनाहरू छन् र अहिलेको मुकामसम्म आइपुग्दा उहाँले पकाउनुभएका विचार–शृङखलाहरू छन्, तिनलाई उहाँले आत्मबिम्बको नाम दिनुभएको छ ।

किताबमा लेखकका जीवन–भोगाइका विविध पाटाहरू फरक–फरक शीर्षकका छरितोसँग प्रस्तुत छन् । सरल छ भाषा । उहाँले विज्ञता हाँसिल गर्नुभएका प्राविधिक विषयहरूबारे पनि विशद् चर्चा गरिएको छ । प्राविधिक कुरालाई सरल तरिकाले बुझाउने सीप देखिन्छ उहाँको लेखनीमा ।

थाइल्याण्डको एशिएन इन्स्टिच्युट अफ टेक्नोलजीमा उहाँको जीवनको एउटा उल्लेख्य अध्याय सुरु भयो । विख्यात अध्येताहरूसँग निकटता बढ्यो । उहाँकै भनाइमा उहाँले व्यावसायिक जीवनको बिरुवा रोप्नुभयो र त्यसलाई अवसरको भूमि ठानिएको अमेरिकामा आएर हुर्काउनुभयो । किताबमा कतै उहाँले लेख्नुभएको छ, ‘म त हावासँगै बग्दै, अघि परेका अवसरहरूलाई सम्हाल्दै यहाँसम्म आइपुगेको हुँ ।’

त्यो यात्रा कति सहज थियो वा कति कष्टकर  किताबमा त्यसको रोचक चिरफार पाइन्छ । र, भेटिन्छ –सहकर्मीरसहधर्मीहरूको साथसहयोगको लोभलाग्दो कथा ।
‘मैले नदेखेको सपना’मा मैले भेटेको सबैभन्दा उल्लेख्य पक्ष हो – भएको कुरा नलुकाई भन्न सक्ने निर्भीकता । निजी, नितान्त व्यक्तिगत कुरासमेत ढाकछोप नगरी भन्न सक्ने साहस । लेखकीय इमान्दारी , त्यो इमानले समेत पाठकलाई सम्मोहित बनाउँछ ।

केही पाठ वर्णनात्मक र विवरणात्मक छन् । केही सन्देशमूलक र केही भावनात्मक । लेखक थुप्रै प्रसङ्गमा पटकपटक आमालाई सम्झनुहुन्छ । उपहार लिनेदिने चलन नै नभएको पृष्ठभूमिमा आमाले उपहार दिनुभएको रुमालबारे डा. गिरीले लेख्नुभएको भावनात्मक टिप्पणीले पाठकलाई भावुक बनाउँछ । लाग्छ, लेखकले नभनेरै धेरै कुरा भन्नुभएको छ ।

किताबको अन्त्यतिर डा. गिरीले भोगाइ, अनुभवहरूले माझ्दैमाझ्दै परिपक्व बनाएका आफ्ना चिन्तन र दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको छ । ती सबै हामीलाई हाम्रो जीवन बुझाउने ऐना जस्ता लाग्छन् ।

प्राविधिक विषयमा यसअघि नै दुइटा पुस्तक र थुप्रै विश्लेषणात्मक आलेखहरू लेखिसक्नुभएको छ डा. गिरीले । नेपालीमा फुटकर साहित्यिक रचनाहरू पनि आइसकेका छन् । यो आत्मकथा चाहिँ उहाँले नेपालीमा लेख्नु भएको पहिलो बृहत् साहित्यिक कृति हो ।

उहाँको दोस्रो साहित्यिक सँगालो पनि निस्किसकेको छ, ‘संसारको सेरोफेरो’। त्यो यात्रा संस्मरण हो । सुनेको छु – चाँडै नै अमेरिकामा समेत त्यसको विमोचन हुँदैछ ।
हामी यता बसेर पनि त्यस्ता अवसरहरूको साक्षी बस्न पाइरहेका छौं ।
अब कसले भन्छ हामी नेपालदेखि टाढा छौं ? वरिष्ठ पत्रकार पेशल पोख्रलको फेसबुकबाट