दुई महिना अघि अगष्ट महिनामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख डलर धरौटी माग गरिएको समाचार छ । ह्युस्टनस्थित अदालतमा भएको सुनवाईपश्चात हत्या अभियुक्त बबीसँग सो धरौटी रकम माग भएको नेप्लिज एशोसियसन अफ ह्युस्टनका सल्लाहकार द्रोण गौतमले बताएका छन । गैतामका अनुसार तोकिएको १० लाख डलर धरौटी राख्न सकेमा अभियुक्त साहले जेल बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था छ ।
गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनमै स्थानीय प्रहरीले पक्राउ गरेको थियो ।