January 15, 2025, Wednesday
२०८१ माघ ३

ममता काफ्ले हत्या प्रकरणः पति नरेशबिरुद्ध पहिलो डिग्री अपराधमा मुद्दा दायर

२०८१ मंसिर १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

655

 

लामो समयको अनुसन्धानपछि आज प्रहरीले ममता काफ्ले हत्या प्रकरणमा हत्या गरेर लास गायब बनाएको आरोपमा मुद्दा दायर गरेको छ । ममताका श्रीमान नरेश भट्टमाथी ममताको हत्या गरेर शारीरिक रुपमा अंगभंग गरेको आरोपमा मुद्दा दायर गरेको बताएका छन । प्रिन्स विलियम काउण्टी कमनवेल्थ एट्रोनी एमी एस्वार्थले पत्रकार सम्मेलनमा पहिलो डिग्री अपराध अन्र्तगत मुद्दा दायर गरिएको बताईन । नरेशलाई प्रहरीले अगष्टमा पक्राउ गरेको थियो ।

लामो अनुसन्धानपछि मुद्दा दायर गरिएको हो । एकाएक घरबाट बेपत्ता भएकी भनिएकी ममता कफ्लेलाई उनकै श्रीमानले विभत्स तरिकाले हत्या गरेर लास टुक्रा पारी बेपत्ता बनाएको प्रहरीको आरोप छ । लामो समय लगाएर प्रहरीले अनुसन्धान गरी प्रमाण जुटाई अन्तत मुद्दा दायर गरिएको जनाइएको छ ।