February 7, 2025, Friday
२०८१ माघ २६

अमेरिकाको राजदुतमा डा युवराज खतिवडा निश्चित !

२०८१ असार ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

970

सत्तारुढ प्रमुख तीन दलबीच केहि समय अघि फिर्ता बोलाएको रिक्त ११ राजदुतका लागि भागबन्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको बताइएको छ । २४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । महत्पुर्ण मानिएको अमेरिका र भारतका लागि नेकपा एमालेबाट पठाउने सहमाति भएको बताईन्छ । जसमा केहि समय राजदुत भएका डा युबराज खतिवडालाई अमेरिका पठाउने निश्चित भएको बताइएको छ भने डा राजन भटराईलाई भारतका लागि पठाउने तयारी भएको छ तर केहि नेताहरु भने भारतमा निलाम्बर आचार्यलाई नै पठाउनु पर्ने बताउँदै आएका छन । भारतमा कसलाई पठाउने निश्चित नभए पनि अमेरिकाका लागि डा खतिवडाको नाममा एमालेमा कुनै असहमति छैन । आजै बस्ने मन्त्रि परिषद बैठकले प्रायजसो राजदुतको नाममा निर्णय गर्ने श्रोतको दावी छ । एमालेले आफ्नो भागमा परेको केहिलाई जहाँबाट फिर्ता बोलाएको थियो त्यहि पठाउने समाचार श्रोतको दावी छ । श्रोतले भन्यो त्यतिखेर पुरा कार्यकाल काम गर्न नपाएकाले उहाँहरु नै पहिलो हकदार होृ ।
तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत लिने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ । राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।