राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछिको प्रभावस्वरुप अमेरिकी भिषा प्रक्रियामा पनि ठुलो परिवर्तन आउने संभवना बढेर गएको छ । आज विहान अमेरिकी दुतावासको आफ्नो आधिकारिक फेसबुक पेजमा राखिएको सुचनालाई आधार मान्ने हो भने अब अमेरिकी भिषा निकै कडाई हुन सक्ने संकेत पाईन्छ । फेबु्रअरी ८ बाट नयाँ नियम लागु हुने सुचनामा बताईएको छ । यद्दपि कस्तो नियम भनिएको छैन तर पनि सुचनामा खुलाइएको केहि बुँदाले कडाई हुने संकेत गर्दछ ।
केहि स्कृनसटमा उल्लेख गरिएका बुँदाहरुमा भिषा सर्भिषमा परिवर्तन भनिएको छ । अनि अबको एक हप्ता नयाँ नियम नआएसम्मका लागि फोन कल सर्भिस बन्द, पेमेन्ट र रिसेडुल सर्भिस बन्द भएका छन । कतिपय मानिसका महत्वपुर्ण कामका लागि अब रिसेडुल गर्न नपाईन र अन्र्तवार्ताहरु फेब्रुअरी ८ सम्मका लागि बन्द भएका छन ।
यसबाट विधार्थी वा अन्य कुनै महत्वपुर्ण कामका लागि अमेरिका आउन चाहनेहरुका लागि यो निकै दुखद हो । यसअघि नै अन्तवार्ता भएकाहरुको पासपोर्ट कलेक्सन गर्न मात्रै खुल्ला छ बाँकी सबै बन्द भएको संकेत दुतावासद्धारा जारी सुचनाबाट बुझ्न सकिन्छ । यद्दपि बिस्तृतमा दुतावासले कुनै खुलाएको छैन । एक हप्तापछि कस्ता परिवर्तहरु हुनेछन त्यसपछि थाहा हुनेछ । यो सुचना र अमेरिकी राष्ट्रपतिका पछिल्ला गतिविधिले के बुझ्न सकिन्छ भने अब अमेरिकी भिषामा निकै कडाई हुने पक्का छ ।