राष्ट्रपति डोनाल्ड ट्रम्पका परराष्ट्रमन्त्रीमा मार्को रुबियोको नाम सिनेटबाट सर्वसम्मतिले अनुमोदन भएको छ । सिनेटले सोमबार मार्को रुबियोलाई ट्रम्पको विदेशमन्त्रीमा नियुक्तीका लागि अनुमोदन गरेको हो ।
सन् २०११ देखि फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले परराष्ट्र नीति सम्बन्धी चासो राख्दै आएका छन् । उनले चीन, इरान, भेनेजुएला, र क्युबाबारे कडा दृष्टिकोण लिएका छन्। उनी सुरुमा परराष्ट्र नीतिमा केही रिपब्लिकनहरूको विपक्षमा थिए, तर पछि युक्रेनमा रुसको युद्धलाई स्थिरताको अवस्थामा पुगेको र यसको समाधान आवश्यक भएको टिप्पणी गरेर ट्रम्पसँग मिल्दोजुल्दो धारणा व्यक्त गरेका थिए । २०१९ मा रुबियोले भेनेजुएलामा निकोलस मदुरोको सत्तालाई हटाउन ट्रम्पलाई कडा प्रतिबन्ध नीतिमा सहमत गराएका थिए।
विदेशमन्त्रि कस्ता हुन र उनको पहिलेदेखि को विदेश नीति कस्तो थियो भन्नेमा पनि अबको अमेरिकी विदेश नीति निर्भर हुनेछ । उनि ट्रम्को स्वाभव सुहाउदो कट्र मानन्छि ।