May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिकी विदेश मन्त्रालयमा व्यापक पुर्नसंरचना प्रस्तावः ३० एम्बेसी र कन्सुलेट बन्द गर्दै !

२०८२ बैशाख १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको राज्य विभागको व्यापक पुनःसंरचनाको प्रस्ताव अघि सारेका छन । जुन उनले ट्रम्पको ह्वाइट हाउसबाट अमेरिकी कूटनीतिक कार्यान्वयनमा आएको आलोचनाबीच सुधारको प्रयासको हिस्सा भएको बताएका छन । यदि विदेशमन्त्रि रुवियोले भने झै भयो भने पुनःसंरचनाले ७०० भन्दा बढी पदहरू कटौती गर्नेछ र ७३४ मध्ये १३२ कार्यालयहरू हटाउनेछ । राज्य विभागका अधिकारीहरूका अनुसार यस योजनालाई केवल प्रस्ताव भएको र तत्काल कर्मचारी कटौती वा छानबिन नहुने पनि बताइएको छ ।

यदि विदेशमन्त्रि रुबियोले कर्मचारी संख्यामा १५% कटौतीको प्रस्ताव गर्न लागिरहेका छन् । यो कटौती दशकमै सबैभन्दा ठूलो हुने मानिन्छ, यद्यपि यसअघि परिकल्पना गरिएका प्रारम्भिक प्रस्तावहरू वा ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयको ५०% बजेट कटौती सिफारिसभन्दा कम कठोर छ ।

ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी को वार्षिक बजेटमा २८ अर्ब डलर कटौती गर्ने प्रस्ताव राखेको छ । व्यवसायी एलन मस्कलाई राष्ट्रपति ट्रम्पले गत वर्ष डोजको नेतृत्व गर्न नियुक्त गरेपछि उनले अमेरिकी सरकारका विभिन्न क्षेत्रहरूमा कठोर खर्च कटौती गरेका छन् । यो येजना पास भएमा फ्रान्स, जर्मनी र दक्षिण कोरियामा रहेका कन्सुलेटहरू पनि बन्द हुने खतरामा छन्, साथै माल्टा, लक्जेमबर्ग र साउथ सुडानमा रहेका दूतावासहरू पनि जोखिममा रहने बताइएको छ ।

एउटा मस्यौदा कार्यकारी आदेश, जुन ट्रम्प प्रशासनतर्फबाट अमेरिकी कूटनीतिज्ञहरूबीच फैलिएको बताइएको छ, त्यसले अमेरिकी विदेश मन्त्रालयको व्यापक पुनःसंरचना प्रस्ताव गर्दछ । यसमा उप–सहारा अफ्रिका सम्बन्धी काम, जलवायु, शरणार्थी, मानव अधिकार, लोकतन्त्र र लैङ्गिक समानतासम्बन्धी दूत तथा विभागहरूमा भारी कटौतीको योजना समावेश छ । यदि यी परिवर्तनहरू कार्यान्वयन भएमा, १७८९ मा स्थापना भएदेखि अहिलेसम्मको इतिहासमा यो विदेश मन्त्रालयमा सबैभन्दा ठूलो पुनःसंरचनामध्ये एक हुने बताइएको छ । जसले उक्त १६ पृष्ठ लामो मस्यौदाको प्रतिलिपि देखेको दाबी गरेको छ । द न्युयोर्क टाइम्सले पहिलो पटक यो मस्यौदाबारे समाचार प्रकासित गरेको थियो ।

द न्युयोर्क टाइम्सका अनुसार, यो कार्यकारी आदेश डोनाल्ड ट्रम्पले यही हप्ता हस्ताक्षर गर्न सक्ने सम्भावना छ र प्रस्तावित परिवर्तनहरू १ अक्टोबरदेखि कार्यान्वयनमा आउने बताइएको छ । विदेश मन्त्रालयको वेबसाइटअनुसार, अमेरिकी विदेश सेवामा हाल १३ हजार जना कूटनीतिक कर्मचारी, ११ हजार नागरिक सेवाका कर्मचारीहरू र २७० भन्दा बढी कूटनीतिक मिसनहरूमा ४५ हजार स्थानीय रूपमा नियुक्त कर्मचारीहरू कार्यरत छन् ।