April 23, 2025, Wednesday
२०८२ बैशाख ११

आर्मेनियाले नेपालका लागि किरण मल्ल वाणिज्यदूत नियुक्त

२०८१ चैत्र ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

380

आर्मेनियाले नेपालका लागि किरण मल्ललाई आफ्नो अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित राइसिना संवाद सम्मेलनका क्रममा आर्मेनियाले मल्ललाई औपचारिक रूपमा वाणिज्यदूतमा नियुक्त गरेको हो।

मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

विदेश मन्त्रालयका अनुसार सम्मेलनमा भएको एक बैठकका क्रममा नवनियुक्त वाणिज्यदूत मल्लले नेपाल–आर्मेनियाबीच सहकार्य प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा गर्न सकिने संयुक्त कार्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।