April 23, 2025, Wednesday
२०८२ बैशाख ११

चार देशका राजदूतले लिए राष्ट्रपतिसँग शपथ

२०८१ मंसिर १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

565

चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।  राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।

अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन्। मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए. राजदूतहरूको शपथ समारोहमा परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत उपस्थित थिए।