January 15, 2025, Wednesday
२०८१ माघ ३

जर्मनीका राष्ट्रपतिसमक्ष नेपालका राजदूत रूपाखेतीले बुझाए ओहोदाको प्रमाणपत्र

२०८१ पुष ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

265

जर्मनीका राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमायरलाई नेपाली राजदूत शैल रूपाखेतीले बुधबार स्लोस बेल्भेउमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र प्रस्तुत गरेसँगै जर्मनीका राष्ट्रपति राजदूत रूपाखेतीबीच शिष्टाचार भेट भएको थियो । जर्मनस्थित राजदूतावासका अनुसार भेटका क्रममा, राष्ट्रपति स्टाइनमायरसमक्ष रुपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका सन्देशहरू प्रवाह गरेका थिए ।

जर्मन राष्ट्रपतिको जिज्ञासामा प्रतिक्रिया दिँदै रूपाखेतीले नेपालको हालको राजनीतिक विकास, भूराजनीति, र नेपाल सरकारको प्राथमिकताहरूको बारेमा जानकारी गराएको जर्मनस्थित नेपाली दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ । उनले दिगो र समावेशी सामाजिक-आर्थिक रूपान्तरणको लागि नेपाललाई जर्मनी सरकारले निरन्तर सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

जर्मनीका राष्ट्रपतिले नेपाल र जर्मनीबीचको उत्कृष्ट सम्बन्धको प्रशंसा गरेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत रुपाखेतीसमक्ष राष्ट्रपतिले २०२४ जुन १७ मा स्लोस बेल्भेउमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको द्विपक्षीय भेटवार्ताको पनि स्मरण गरेका थिए । भेटमा राजदूत रुपाखेतीले राष्ट्रपतिलाई नेपाल भ्रमणको आधिकारिक निमन्त्रणा दिएको र त्यसका लागि राष्ट्रपतिले धन्यवादसमेत व्यक्त गरेका छन् ।