January 15, 2025, Wednesday
२०८१ माघ ३

परराष्ट्रमन्त्री डा देउवा जर्मनीबाट भारतको नयाँ दिल्ली प्रस्थान

२०८१ पुष ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

230

 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बुधबार दिउँसो जर्मनीको बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । मन्त्री डा राणा बेल्जियमको ब्रसेल्स, नेदरल्याण्ड्सको हेग र लक्जेम्बर्गको भ्रमणपछि २०२४ को एक सम्मेलनमा सहभागी हुन जर्मनी भ्रमणमा हुनुहुन्थ्यो। डिसेम्बर १७ मा, उहाँले सम्मेलनमा राष्ट्रिय कानून र नीतिहरूमा समावेशीकरणका मार्गहरू शीर्षकको प्यानलमा भाग लिनुभयो। नेपाल भारतबीच सम्बन्धमा केहि चिसोपना आएको बताइएको बेला राणाको भ्रमणले सुधार ल्याउने आशा गर्न सकिन्छ । साथै परराष्ट्रमन्त्रि राणाको भ्रमणपटि प्रधानमन्त्रिको भ्रमणको तयारी पनि हुने बताइएको छ ।

डिसेम्बर १६ मा, परराष्ट्रमन्त्री डा राणा र उहाँको टोलीले जर्मनीको पोट्सडामस्थित जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसको भ्रमण गरेका थिए । भ्रमणका क्रममा, उहाँले जियोमर्फोलोजी प्रमुख प्रा डा निल्स होभियस र परियोजना तथा अन्तर्राष्ट्रिय मामिला प्रमुख डा लुडविग स्ट्रोनिकसँग भेटवार्ता गर्नुभयो। उनीहरूले नेपालमा भूप्राविधिक आपतकालीन अवस्थाहरूको लागि राष्ट्रियस्तरको पहिरो चेतावनी प्रणाली विकास गर्ने र जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरे। साथै, दुबै पक्षले बहु(खतराहरू र अत्यधिक बाढीको प्रारम्भिक चेतावनी प्रणालीमा प्रगतिको समीक्षा गरे, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

जर्मनीमा रहँदा, परराष्ट्रमन्त्रीले बोनस्थित नेपालको दूतावास भवनको भ्रमण गर्नुभएको थियो । डिसेम्बर १५ मा जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत डा। शैल रुपाखेतीद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो।