January 15, 2025, Wednesday
२०८१ माघ ३

परराष्ट्रमन्त्री नयाँ दिल्लीमा, आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

२०८१ पुष ५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

235

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा  बिहीबार भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो।

उहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।  त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ । उहाँ आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।