April 23, 2025, Wednesday
२०८२ बैशाख ११

परराष्ट्रसचिवमा अमृत राईको बढुवा

२०८१ पुष २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

345

परराष्ट्र मन्त्रालयको सचिवमा अमृतबहादुर राईको बढुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो। राई परराष्ट्रमा निमित्त सचिवका रूपका कार्यरत थिए।

यसअघि परराष्ट्रसचिव रहेकी सेवा लम्साल बेल्जियमको राजदूतमा नियुक्त भएपछि रिक्त पदमा राईको बढुवा भएको हो। सचिवका रूपमा उनले बुधबार कार्यभार सम्हालेको परराष्ट्र मन्त्रालयले जनाएको छ।