April 30, 2025, Wednesday
२०८२ बैशाख १८

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत: चार जना सहसचिवलाई महावाणिज्यदूतका लागि परराष्ट्रमा सरुवा

२०८१ श्रावण ३२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

965

सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो। यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो। बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्त्वपूर्ण मानिन्छ। लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन्।

सरकारले चार जना सहसचिवलाई विभिन्न देशका महावाणिज्यदूतका लागि परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले ती चार जनालाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालय सरुवा भएकामा झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाल रहनुभएको छ। उनीहरुलाई कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासा पठाइने छ। महावाणिज्यदूत जान सहसचिवहरुको ठुलो प्रतिस्पर्धा र दौडधुप चल्छ। यस पटक आचार्य, निरौला, लेखक र खनालले बाजी मार्न सफल भएका हुन्।