राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु तेश्रो कार्यकाल राष्ट्रपति बन्ने घोषणा गर्दै त्यसको उपाय पनि बताएका छन । राष्ट्रपति ट्रम्पले भनेका छन् कि कसरी हुने भन्ने “उपायहरु” पनि बताए छन । एक अन्र्तावार्ताका क्रममा अमेरिकी राष्ट्रपति तीन कार्यकालसम्म सेवा गर्न संविधानिक व्यवस्था छैन तर कुनै नयाँ यस्तो विधि छ जसका आधारमा म फेरी चाहे भने त्यो विधि प्रयोग गरेर राष्ट्रपति बन्न सक्दछु । उनले भनेका छन समय अझै धेरै बाँकी छ तर जनताको अपार समर्थन रहेकोले मैले चाहे भने म त्यो विधि प्रयोग गरेर फेरी राष्ट्रपति हुनेछु । अमेरिकी जनताको ७० प्रतिशत अनुमोदन हाम्रो पक्षमा छ त्यसैले मैले चाहे भने त्यो विधिबाट फेरी राष्ट्रपतिको कुसीमा बस्न सक्छु । आइतबार एनबीसीमा प्रसारित एक अन्तर्वार्तामा ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालपछि राष्ट्रपति बन्ने विषयमो सोधिएको थियो, जुन विचार उनले बारम्बार उठाएका छन् ।
अन्र्तवार्ताकार पत्रकार वेल्करले एक अनुमानित कानूनी उपायका बारेमा बताउँन आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले भने की आगमी निर्वाचनमा मेरो उपराष्ट्रपति जेडी भान्स राष्ट्रपतिमा उठ्नु हुनेछ हामी फेरी धेरै फरक मतान्तरमा जित्नेछौं । त्यतिबेला म राष्ट्रपति उठ्न कानुनत नपाए पनि भान्सको उपराष्ट्रपति भएर चुनाव लड्छु अनि राष्ट्रपति जित्नेले राजीनामा दिलाएर म फेरी अमेरिका हाँक्छु निकै सजिलो पारामा बताएका छन । उनले यो कल्पना मात्रै होईन वास्तविकता हो भन्दै निकै फुर्तिका साथ भने तर कानुनमा के छ र त्यो गर्न मिल्छ की मिल्दैन भन्ने कुरा केहि बताएनन । अमेरिकी ईतिहासमा अहिलेसम्म त्यस्तो कुनै प्रयोग भएको छैन । उनी २०२८ को चुनावमा आफ्नो उपराष्ट्रपति, जेडी भान्स, वा अरूसँग उम्मेदवार बन्न सक्दछन् । त्यस्तो परिप्रेक्ष्यमा, ट्रम्पलाई त्यो व्यक्तिको उपराष्ट्रपति उम्मेदवारको रूपमा चयन गरिएपछि, उम्मेदवार राष्ट्रपति बन्ने र शपथ ग्रहण गर्नेबित्तिकै तुरुन्त राजीनामा दिन लगाउने जसले ट्रम्पलाई उत्तराधिकारको आधारमा राष्ट्रपति पद सम्हाल्ने अवसर दिनेछ ।
उनले दावी गरे अनुसार संविधानको २२ औं संशोधनले केवल “चुनिएको“ राष्ट्रपति भएका व्यक्तिलाई दुई कार्यकाल भन्दा बढी सेवा गर्न रोक लगाएको छ, तर उत्तराधिकारको माध्यमबाट थप एक पटक कमाण्डर–इन–चीफ बन्ने बारे केही भनेको छैन । भान्सले यस्तो योजनामा सहभागी हुन चाहन्छन् भन्ने संकेत भने दिएका छैनन् । नोटो डेम विश्वविद्यालयका चुनाव कानून प्राध्यापक डेरेक मुलरले एसोसिएटेड प्रेसलाई भने कि संविधानको १२औं संशोधन भन्छ, “कुनै पनि व्यक्ति जसले संविधानअनुसार राष्ट्रपति पदको लागि अयोग्य छ, उसले संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति बन्न योग्य हुँदैन ।”
यहि मैकामा टेनेसीका रिपब्लिकन हाउस सदस्य एन्डी ओग्लेसले जनवरीमा संविधानलाई संशोधन गर्ने प्रस्ताव ल्याए, जसले राष्ट्रपति वा एक भन्दा बढी कार्यकाल सेवा गर्नको लागि अनुमति दिनेछ र त्यहि प्रवाधानमा लगातार दुई कार्यकाल हुनुपर्ने भन्ने बनाउन सुझाव पनि दिएका थिए तर त्यो विषय त्यति सकारात्मक रुपमा लिएका छैनन ।
बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यू बुश – जसले दुई लगातार कार्यकाल सेवा गरेका थिए । ओग्लेसको प्रस्तावित संशोधन अनुसार तेस्रो कार्यकालको लागि उम्मेदवार बन्न सक्दैनन्, जुन लगभग पास हुने संभावना छैन । केवल ट्रम्पलाई तेस्रो कार्यकालको लागि योग्य बनाइन्छ किनकि उनले २०१६ मा राष्ट्रपति पद जिते र २०२४ को नोभेम्बरमा जिते तर, सबै ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीका सदस्यहरू संविधानलाई संशोधन गरेर राष्ट्रपति दोस्रो कार्यकालको अन्त्यपछि अझै पावरमा रहन दिन सक्ने विचारमा सहमत छैनन् ।
राष्ट्रपतिको कार्यकाल सीमा संशोधन गर्नको लागि सेनेट र हाउसबाट दुई–तिहाई अनुमोदन आवश्यक हुनेछ, साथै देशका राज्य विधानसभाहरूको तीन–चौथाई अनुमोदन पनि चाहिन्छ । ट्रम्पका समर्थकहरूले ती विभिन्न सन्दर्भहरूमा सो अनुमोदन सजिलै प्राप्त गर्न आवश्यक संख्या जुटाउन त्यहि सजिलो भने देखिन्न र कारण लोकतान्त्रिक तरिकाले यो सम्भव छैन भन्ने तर्कहरु शुरु भएका छन ।
२२औं संशोधन १९५१ मा अनुमोदित भएको थियो, जब फ्र्यांकलिन डि. रोसवेल्टले १९३२ मा चुनाव जितेपछि दुई कार्यकाल सेवा गरे र दोस्रो विश्वयुद्धको समयमा १९४० र १९४४ मा पुनः निर्वाचित भए । उनी १९४५ मा राष्ट्रपति हुँदै निधन भए, र त्यसपछि २२औं संशोधन १९५१ मा अनुमोदित भएको थियो ।