भारतका पुर्वप्रधानमन्त्रि डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भयो । गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न नेपालस्थित भारतीय दुतावास पुगीन । आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेको दृष्यले कुटनीतिका पण्डितहरु लाजले भुतुक्क भए । न कसैले वर्तमान सरकारको नेतृत्वलाई यति सानो कुटनीतिक मर्यादा पनि सिकाएनन वा जानेनन त्यो उनै जानुन । यति चाही पक्कै हो की यो सरकारले कुटनीतिक परम्परामा गरेको यो गंभीर गल्ती हो ।
जसरी नेपालले भारतीय प्रधानमन्त्रि डा सिंहको श्रद्धाञ्जली सभामा जान कन्जुस्याई गरे त्योबाट हाम्रो कुटनीति कति कमजोर छ भनेर प्रष्ट हुन्छ । यो ओली सरकारको कुटनीतिमा देखाएका आलाकाचापनबाहेक केहि होईन । आफुलाई निम्तो आउला र जाँउला भनेर कुरेका प्रधानमन्त्रि ओलीले परराष्ट्रमन्त्रि वा कुनै मन्त्रिलाई भारत नै पठाउनु पर्दथ्यो श्रद्धाञ्जली सभामा भाग लिन । त्यो छिमेकमा हुने कुटनीतिक परम्परा हो । नेपालका पुर्व प्रधानमन्त्रिहरुको अन्तेष्टिमा भारतबाट परराष्टमन्त्रिको टोली नै आएको थुप्रै उदाहरण छन । तर लाजमर्दो कुरा परराष्ट्रमन्त्रि डा देउवाले दुतावासमा पुगेर श्रद्धाञ्जलीसभामा भाग लिईन । छिमेकी देशबाट यस्ता उपल्लोस्तरका नेताहरुको श्रद्धाञ्जलीमा सहभागी हुने प्रचलन भुलेर सरकारले कुटनीतिमा कमजोरी मात्रै देखाएनन् भारतसंग सम्बन्धमा पनि दरार आउने संभावना देखियो । भारतका पुर्वराजदुत समेत बनी सकेका दीप कुमार उपाध्ययाले यो सरकारको कुटनीतिक कच्चापन भएको बताएका छन । यस्तो श्रद्धाञ्जली सभामा भारतले नबोलाए पनि जाने प्रचलन रहि आएको छ उपाध्ययको भनाई थियो । पुर्व प्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको अन्तेष्टिमा भारतीय विदेशमन्त्रिको नेतृत्वमा नेपालमा आई श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । प्रधनमन्त्रि ओलीले भने फेसबुकमा लेखेर झारो टारेको चर्चा भएको छ । योबाट असल छिमेकीबीचको सम्बन्धमा दरार आएको र कुटनीतिक कमजोरी प्रष्ट देखिन्छ ।