May 15, 2025, Thursday
२०८२ जेष्ठ २

सांसद थकाली एशियन पार्लियामेन्टेरियनसको यूथ कमिटीको अध्यक्षमा निर्वाचित

२०८२ बैशाख १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

345

नेपाली काँग्रेसका सांसद योगेश गौचन थकाली एशियन फोरम अफ पार्लियामेन्टेरियनस अन पपुलेशन एण्ड डेभलपमेन्टको यूथ कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् । उक्त निर्वाचन अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको १५औँ महासभाको क्रममा भएको हो ।

एसिया–प्रशान्त र मध्य एसियाका सांसदहरू सम्मिलित ३० वटा राष्ट्रिय समितिहरूको प्रतिनिधित्व गर्ने एक क्षेत्रीय सञ्जाल हो । यस फोरमले महिला, बालबालिका, युवा र वृद्ध समुदायजस्ता संवेदनशील समूहहरूलाई असर पार्ने महत्वपूर्ण मुद्दाहरूको समाधानका लागि नीति संवाद र सहकार्य प्रवद्र्धनमा केन्द्रित गर्दछ ।

थकालीको यो प्रभावशाली पदमा निर्वाचनले जनसंख्या र विकाससम्बन्धी चुनौतीहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो नेतृत्व क्षमतालाई झल्काउँछ । युवा सशक्तिकरणप्रति दृढ प्रतिबद्धता राख्दै आएका थकालीले जलवायु संकटसम्बन्धी मुद्दाहरू पनि सशक्त रूपमा उठाउँदै आएका छन्, र सबै मञ्चहरूमा दिगो र समावेशी नीतिहरूको माग गर्दै आएका छन् जसले भावी पुस्ताको भविष्यलाई सुरक्षित गर्न सहयोग गर्छ ।

निर्वाचनपछि बोल्दै थकालीले युवाको आवाज अगाडि ल्याउने, समावेशी नीतिहरू प्रवद्र्धन गर्ने, क्षेत्रीय सहकार्यलाई मजबुत पार्ने र जलवायु परिवर्तनमा कार्यान्वयनको पक्षमा कदम चाल्ने प्रतिबद्धता दोहोर्याएका छन । उनको नेतृत्वलाई एसिया–प्रशान्त क्षेत्रका युवाहरूलाई सशक्त पार्दै दिगो र उज्यालो भविष्य निर्माणमा सक्रिय सहभागी बनाउनतर्फको एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।