अमेरिकी ईतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहने अमेरिकी राष्ट्रपति जिम्मी कार्टको आज एक सय बर्षको उमेर निधन भएको छ । अक्टोबर १ सन् १९२४ मा प्लेन्स, जर्जिया, संयुक्त राज्य अमेरिकामा जन्मेका कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपतिका रुपमा काम गरे । डेमोक्र्याटिक पार्टीका सदस्य कार्टर मानव अधिकार, कूटनीति, र वातावरण संरक्षणमा केन्द्रित भएर संसारभर राष्ट्रपति पदमा नरहँदा पनि उत्तिकै परिचित थिए ।
कार्टर ग्रामीण जर्जियामा सामान्य किसान परिवारमा हुर्किएका थिए । उनले यू.एस. नेभल एकेडेमीमा अध्ययन गरे र नेभल अफिसरका रूपमा सेवा गरे । नेभी छोडेपछि, उनी जर्जिया फर्किएर आफ्नो परिवारको पिनाट फार्म व्यवस्थापन गर्न थाले र यसलाई सफल व्यवसायमा रूपान्तरण गरे ।
कार्टर १९६० को दशकमा राजनीतिमा प्रवेश गरे। उनी जर्जिया राज्य सिनेटरका रूपमा सेवा गरे र पछि १९७१ देखि १९७५ सम्म जर्जियाका गभर्नर बनेका थिए । १९७६ को राष्ट्रपतिको चुनावमा, उनले इमानदारी र सत्यतामा जोड दिँदै वासिङ्टन बाहिरका उम्मेदवारका रूपमा प्रचार गरे र तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डलाई पराजित गरे ।
उनि अमेरिकी ईतिहासमा छुट्टै नाम लेखाउन सफल उनले क्याम्प डेभिड सम्झौताः १९७८ मा इजिप्ट र इजरायल बीच शान्ति सम्झौता गराए । पानामा नहर सम्झौताः पानामा नहरको नियन्त्रण पानामालाई हस्तान्तरण गरियो । विश्वभर मानव अधिकारको वकालत गरे । वातावरण संरक्षण र ऊर्जा स्वतन्त्रतामा केन्द्रित भए जसका कारण उनले विश्वप्रसिद्ध नोवल पुरस्कार जिते ।
इरान बन्धक संकट (१९७९–१९८१) ले उनको राष्ट्रपतिकाललाई छायामा पा¥यो र १९८० को चुनावमा रोनाल्ड रेगनसँग पराजित हुनुको कारण बन्यो । पदत्याग गरेपछि, कार्टर अमेरिकी इतिहासमा सबैभन्दा सम्मानित पूर्व राष्ट्रपतिहरूमध्ये एक बने । उनले मानवीय प्रयासहरू, लोकतन्त्र प्रवद्र्धन, र रोग उन्मूलनमा केन्द्रित कार्टर सेन्टर स्थापना गरेर संसारभर काम गर्दै रहे । सायदै अमेरिकी राष्ट्रपति नेपाल गएको उनि मात्रै एक हुन त्यो पनि पटक पटक । आफ्नो राष्ट्रपतिकालदेखि विश्वास र सामाजिक मुद्दासम्मका विषयहरूमा धेरै पुस्तक लेखे । २००२ मा मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिमा योगदानका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरे ।
कार्टर सेन्टर २००३ देखि नेपालमा सक्रिय रूपमा संलग्न हुँदै आएको छ । कार्टरले २००७ को जुन र नोभेम्बरमा नेपाल भ्रमण गरेका थिए । उनले नेपालमा शान्ति स्थापना र संविधानसभा चुनावको लागि प्रोत्साहन गर्न, जसले नयाँ संविधान लेख्न सहयोग गर्ने प्रमुख सहयोगी अमेरिकी राष्ट्रपतिका रुपमा काम गरे ।