January 15, 2025, Wednesday
२०८१ माघ ३

१५ देशका लागि नेपाली राजदूतलाई के भने प्रधानमन्त्रिले ?

२०८१ पुष २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ देशका लागि नेपाली राजदूतहरूसँग भेटेका छन्। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ओलीले १५ देशका राजदूतलाई भेटेर निर्देशन समेत दिएका हुन्। दक्षिण कोरियाका लागि राजदूत शिवमाया तुम्वाहाङ्फेले आफूहरू बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको बताइन्।

उनका अनुसार प्रधानमन्त्री ओलीले पञ्चशील नीतिका आधारमा काम गर्न निर्देशन दिएका छन्।

‘देशको भूगोल सानो हुनसक्छ, देशको जनसंख्या सानो हुनसक्छ, तर कुनै कुनै पनि देशको सर्वभौम सानो हुँदैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै राजदूत तुम्वाहाङ्फेले भनिन्, ‘देशको हितमा रहेर, देशलाई सम्झेर काम गर्नू।’ सबै देश सर्वभौम हुने भएकाले त्यसअनुसार देशको हितमा रहेर काम गर्न ओलीले निर्देशन दिएको उनले बताइन्।

अमेरिकालागि लोकदर्शन रेग्मी, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, लगायत १५ देशका राजदूत बालुवाटार बैठकमा सहभागी थिए।