May 15, 2025, Thursday
२०८२ जेष्ठ २
किन ग्रीनकार्ड भएकाहरु पक्राउ परेका छन ?

अमेरिकामा ग्रीनकार्ड भएकाहरु पनि धमाधम पक्राउ हुन थालेपछि त्रासमा आप्रवासी !

२०८१ चैत्र २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.6K

 

होम लम्साल- 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको हप्ता केहि स्थानमा अमेरिकी ग्रीन कार्ड भएका मानिसहरु पक्राउ गरेको समाचारहरु अमेरिकी सन्चार माध्यमहरुमा आएपछि गी्रनकार्ड बहाकहरु त्तसित हुन थालेका छन । आखिर स्थायी बसोबास प्राप्त मानिसहरु पनि किन पक्राउ पर्दै डिर्पोटको प्रक्रियामा छन भन्ने त्रास पैदा भएको छ । न्यूयोर्कमा कानुन व्यवसाय गर्दै आएका बासु फुलाराले पछिल्ला दिनहरुमा भएका घटनाका आधारमा ग्रीनकार्डधारीले पनि सजक हुनुपर्ने बेला आएको बताएका छन । कस्तो अवस्थामा सजकता अपनाउने भन्दै केहि सुझाव दिएका पनि छन ।

गएको हप्तामा प्यालेस्टाईनी विधार्थी नेता पक्राउ परेपछि अन्य केहि व्यक्तिहरु १५, १६ बर्षदेखि ग्रीनकार्ड भएका मानिसहरु पनि पक्राउ पर्न थालेका छन । कारण विभिन्न भए पनि ग्रीन कार्ड भएकाहरुले गरेका अपराधका आधारमा आईसले पक्राउ गर्दै गरेका छन । केही रिपोर्टहरू अनुसार ग्रिनकार्ड धारीहरूलाई अमेरिका फर्किंदा नियन्त्रणमा लिएको छ भने केहिलाई कसैको उजूरीका आधारमा पक्राउ गरिएका छन । कतिपय अवस्थामा पक्राउ परेकाहरु स्वयम् पनि आफ्नो कारण थाहा नपाएर आईस हिरासतमा परेको घटनाहरु सावैजनिक भएका छन ।

अमेरिकी सन्चार माध्यमहरुका अनुसार कुनै आपराधिक रेकर्ड (साना वा ठूला मुद्दा) छ, अध्यागमन कानुन उल्लंघनको इतिहास छ, लामो समय अमेरिका बाहिर बसेको छ, कुनैे कानुनी वा अध्यागमनसम्बन्धी मुद्दा छ, घरायसी विवाद वा कुटपीटका घटना जो प्रहरीको रेकर्डमा छन भने पक्राउ पर्ने र डिपोर्टेसन सम्मको पक्रिया शुरु गरिएका छन ।
यदि यी अवस्थाहरू कसैमा लागि भने यात्रा गर्नु अघि अनुभवी अध्यागमन वकिलसँग परामर्श गर्नु जरुरी देखिन्छ । अन्यथा, तपाईंको अमेरिका फर्कने अधिकार जोखिममा पर्न सक्छ भन्दै कानुन व्यवसायी फुलाराले सचेत गराएका छन ।

प्राप्त समाचार अनुसार यौन दुव्र्यवहारको अभियोगमा दोषी ठहर भएका रोशन तामाङलाई ओहायोको सिनसिनाटीबाट आइसले नियन्त्रणमा लिएको बताइएको छ । उनी नेपालीभाषी भुटानी भएको र भुटानका नागरिक रोशन तामाङलाई देश निकालाको अन्तिम आदेश दिइएपनि उनी अमेरिकामा नै बस्दै आएकोले पक्राउ गरिएको हो ।
उता विगत १५ बर्षदेखिे ग्रिनकार्डवाहक रहेका इलेक्ट्रिकल इन्जिनियर शुक्रबार लक्जमबर्गबाट घर फर्किरहेकाबेला बोस्टनको लोगान विमानस्थलबाट आइसले हिराशतमा लिएको समाचार द हिल अनलाईनले जनाएको छ । अमेरिकाको न्यु ह्याम्पशायर निवासी उनलाई विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि आइसले हिराशतमा राखेको जनाएको छ । यसैगरी नर्थ क्यारोलिनाको क्यारीमा बसोबास गर्दै आएका एक पपुवान्यूगिनी निवासी श्रीमति कुटपीटको घटनामा संलग्न भएको भन्दै डिपोर्ट गरिएको फक्स न्यूजले जनाएको छ । यस्ता घटना सयौको संख्या पुगी सकेको अनुमान गर्न सकिन्छ ।

इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइस एजेन्टहरूले मार्च ८ मा न्यूयोर्कमा प्यालेस्टानी मुलका विधार्थी नेता खलिललाई गिरफ्तार गरे । उनी कानुनी रूपमा अमेरिकाका स्थायी बासिन्दा हुन् र एक अमेरिकी नागरिकसँग विवाह गरेका छन् । हाल उनलाई लुइजियानामा राखिएको छ । खलिललाई कुनै अपराधको आरोप लगाइएको छैन मात्रै आन्दोलन गरेको भनिएको छ । ट्रम्प प्रशासनले विदेशी नीतिका आधारमा उनलाई देशनिकाला गर्न सक्नेतर्क गरिरहेको छ ।

ग्रीन कार्ड, वा स्थायी बासिन्दा कार्ड गैर–नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिन्छ । परिवार, रोजगारी, शरणार्थी स्थिति तथा अन्य कारणहरूले व्यक्ति ग्रीन कार्डका लागि योग्य हुन सक्छन् । धेरैजसो ग्रीन कार्ड १० वर्षका लागि मान्य हुन्छन् र त्यसपछि नवीकरण गर्नुपर्छ, जस्तै अमेरिकी नागरिकहरूले आफ्नो राहदानी (पासपोर्ट) नवीकरण गर्नुपर्छ । इमिग्रेशन कानुन विशेषज्ञ डेविड लियोपोल्डका अनुसार, “कार्डको म्याद सकिन सक्छ, तर स्थायी बसोबासको स्थिति सकिँदैन ।“ यदि कार्ड नवीकरण नगरिएमा कानुनी असरहरू हुन सक्छन्, किनकि दर्ता कायम राख्न आवश्यक हुन्छ, तर जबसम्म व्यक्ति कानुन पालना गर्छन्, उनीहरूको स्थायी बसोबास स्थिति खारेज हुँदैन ।

ग्रीनकार्ड कसरी रद्द हुन सक्छ ?

कसैको ग्रीन कार्ड खारेज हुने र उनीहरूलाई देशनिकाला गरिन सक्ने विभिन्न कारणहरू छन् । “कुनै पनि ग्रीनकार्ड धारी आफ्नो परिस्थितिमा निर्भर गर्दै देशनिकालाको सामना गर्न सक्छन । धेरैजसो अवस्थामा, जब ग्रीन कार्ड धारक गम्भीर अपराध गर्छन्, जस्तै हिंसात्मक अपराध, विवाह ठगी, लागुऔषध सम्बन्धी अपराध, वा अन्य गम्भीर अपराधहरू, उनीहरूलाई देशनिकालाको प्रक्रिया सामना गर्नुपर्छ । अपराधको सजाय पूरा गरेपछि उनीहरूलाई आप्रवासन न्यायाधीशसमक्ष उपस्थित गराइन्छ ।
ग्रीन कार्ड गुमाउने अर्को कारण भनेको आप्रवासन प्रक्रियामा ठगी वा धोखाधडी गर्नु हो । कोलम्बिया विश्वविद्यालयका कानुन प्राध्यापक तथा विश्वविद्यालयको आप्रवासी अधिकार क्लिनिककी निर्देशक एलोरा मुखर्जीका अनुसार, यदि कसैको ग्रीन कार्ड रद्द गरिँदै छ भने, उनीहरूलाई सामान्यतः आप्रवासन न्यायाधीशसमक्ष उपस्थित हुन नोटिस दिइन्छ । “उनीहरूलाई आफ्नो स्थिति किन कायम राख्न पाउनु पर्ने हो भन्ने विवाद गर्न वा स्वेच्छाले स्थिति खारेज गर्न सहमत हुने अवसर दिइन्छ,“ मुखर्जी भन्छिन् । “संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई उचित प्रक्रिया बिना नै उनीहरूको स्थिति खोस्न सकिँदैन । अपराधको गम्भीरताले न्यायाधीशको निर्णयमा असर पार्न सक्छ । यदि अपराध गम्भीर प्रकृतिको छ भने, “देशनिकाला लगभग निश्चित हुन्छ,“ कानुन व्यवसायीले बताउने गरेका छन ।

केही अवस्थामा व्यक्ति न्यायाधीशलाई आफ्नो देशनिकाला रोक्न अनुरोध गर्न सक्छ । न्यायाधीशले ती व्यक्तिको अपराधको गम्भीरता, उनको पारिवारिक वा सामाजिक सम्बन्ध, तथा अमेरिकी समाजमा उनको योगदान जस्ता पक्षलाई विचार गर्न सक्छन् । तर, यो सबै मामिलामा लागू हुँदैन । ग्रीन कार्ड खारेज गर्ने प्रक्रिया आप्रवासन तथा राष्ट्रियता ऐन द्वारा निर्देशित छ । उक्त ऐन अन्तर्गत, ग्रीन कार्ड धारकहरूलाई देशनिकाला गर्न अपराधको दोषी ठहरिनु आवश्यक छैन । उदाहरणका लागि, यदि उनीहरू आतंकवादी गतिविधिमा संलग्न भएको वा संलग्न हुने सम्भावना रहेको विश्वास गरिन्छ भने, उनीहरूलाई देशनिकाला गर्न सकिन्छ, कोर्नेल विश्वविद्यालयका आप्रवासन कानुन प्राध्यापक ज्याकलिन केली–वाइडमर भन्छिन् ।

आप्रवासन तथा राष्ट्रियता ऐन १९५२ के हो ?

आप्रवासन तथा राष्ट्रियता ऐन संयुक्त राज्य अमेरिकाको एक कानुनी प्रावधान हो, जसलाई १९५२ मा लागू गरिएको थियो । यो ऐनले आप्रवासन, नागरिकता प्राप्ति, र देशनिकालाका प्रक्रियाहरूलाई व्यवस्थित गर्छ । यसमा धेरै आधारहरूमा देशनिकालाको व्यवस्था गरिएको छ, जसमा एउटा यस्तो प्रावधान पनि छ, जसअनुसार यदि कुनै गैर–नागरिकको उपस्थितिले वा गतिविधिले अमेरिकी विदेश नीति मा गम्भीर असर पार्ने सम्भावना छ भन्ने उचित आधार अमेरिकी विदेशमन्त्रीसँग भएमा, ती व्यक्ति देशनिकालाको योग्य ठहरिन सक्छन् ।

महम्मद खलिलको मामिलामा यस ऐनको प्रयोग गरिएको देखिन्छ । सरकारी कागजातअनुसार, ट्रम्प प्रशासनले यही प्रावधान प्रयोग गरेर खलिललाई गिरफ्तार गर्ने आधार बनाएको छ । मार्च ११ मा, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले खलिलले प्रो–हमास पर्चाहरू वितरण गरेको आरोप लगाइन् । हमास एक अमेरिकाद्वारा आतङ्ककारी समूहको रूपमा सूचीबद्ध संगठन हो, जसले २००७ देखि गाजा पट्टीमा शासन गरिरहेको छ ।

यो कानुन अमेरिकामा विरलै प्रयोग गरिने कानुनी धारा हो । प्रशासनले प्रयोग गरिरहेको यो विदेशी नीति सम्बन्धी प्रावधान विरलै प्रयोग गरिन्छ तर अहिले ट्रम्प प्रशासन त्यहि कानुन प्रयो गरेर आप्रवासीलाई त्रसित बनाई रहेको छ । अमेरिकामा यो कानुनलाई शीतयुद्धको एउटा बाँकी रहेको कानुनी अस्त्र भनेर व्याख्या गरिन्छ । विभिन्न अमेरिकी प्रमुख सन्चार माध्यमको आधारमा तयार पारिएको समाचार ।