March 26, 2025, Wednesday
२०८१ चैत्र १३

अमेरिकामा नेपाली विधार्थी ग्यास स्टेसनबाटै पक्राउ र डिर्पोटको घटनापछि करिब २० हजार विधार्थी कामविहिन !

२०८१ माघ २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.5K

 

अमेरिकाको अष्ट्रिनस्थित ह्यूमन टिलरसन विश्वविधालयबाट एक जना नेपालीलाई ग्यास स्टेशनमा काम गर्दा गर्दै पक्राउपछि डिर्पोट गरिएको खबरले नेपाली समाज त्रसित बनेको छ । खास गरी नेपाली विधार्थीहरु जति पनि अमेरिकी विश्वविधालयहरुमा अध्धयन गरी रहेका छन उनिहरु प्रायजसो सबै रेष्टुरेन्ट, होटल, ग्यास स्टेसनमा काम गर्ने गर्दछन । जव अष्ट्रिनको खबर अमेरिकाभरी फैलियो र संगै नेपालमा पनि आफन्तहरुबीच पुग्यो तव विधार्थीहरु कामबाट फर्केका छन । धेरै जसोलाई कामबाट विदा दिइएको छ भने थोरै जसो आफै काममा जान छोडेका छन । कलेजबाहेक बाहिर काम गर्न नपाउने व्यवस्थाका कारण जे जति विधार्थी अबैध रुपमा काम गरी रहेका थिए उनिहरु आफ्नो दैनिकि चलाउन समस्या देखिने अवस्था आएको छ । घटनासंगै अन्तराष्ट्रिय विधार्थी अध्ययन गरी रहेका कलेजहरुले विधार्थीलाई कलेज भित्र बाहेकको काममा नजान र आफनो स्टाटस जोगाउन आन्तरिक ईमेलहरु जारी गरेका छन ।

त्यति मात्रै होईन की अमेरिकी सरकारले गैरकानुनी कामदारलाई काममा लगाएको थाहा पाएमा कम्पनी वा मालिकलाई ५ हजार भन्दा बढी जरिवाना गराउने कानुुनी व्यवस्था पनि छ । विगत सरकारका पालामा त्यति सक्रिय नभएको यो कानुन ट्रम्प प्रशासनले लागु गरेको छ । पहिलो दोश्रो र तेश्रो पटक पनि गैरकानुनी कामदार काममा लगाएको थाहा पाएमा जरिवाना रकम दोब्बरका दरले गर्ने गरिएको छ । त्यसैले यतिखेर विधार्थीहरुमा देखिएको डर र कम्पनी वा मालिकहरुमा देखिएको त्रासका कारण करिब २० हजार भन्दा बढी नेपाली विधार्थीहरु प्रत्यक्ष बेरोजगार बन्ने अवस्था देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको हो । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यवसायिक फर्महरूमा छापा मारिरहेको छ । यसैक्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र वर्क पर्मिट भएका बाहेकले व्यवसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न थाले पछि नेपाली समुदायमा त्रास फैलिएको छ । विधाथीहरु काममा आउन नपाउँदा र कडाई गरी रहँदा हजारौ रेष्टुरेन्ट, होटल र ग्यास स्टेसन व्यवसायहरु प्रभावित भएका छन ।

अबैध आप्रवासी पक्राउ गर्न खटिएका कर्मचारी र प्रहरीले शुरुमा सादा पोशाकमा जाने अवस्था हेर्ने र पछि आशंकाको भरमा छापा मार्ने पक्राउ गर्ने र सैनिक विमानबाट तिव्र डिर्पोट गर्ने गर्दै आएको छ । त्यसैले असंठित वा गैरकानुनी काम गर्नेहरु शहरी क्षेत्रबाट विस्थापित भएका छन । जसले गर्दा होटल रेष्टुरेन्ट र ग्यासस्टेसनहरुमा व्यापारमा कमी आउन थालेको बताईन्छ । यो अवस्था कति लामो जाला भनेर कुर्नुबाहेक कुनै नयाँ उपाय छैन ।