February 8, 2025, Saturday
२०८१ माघ २६
अमेरिकामा आप्रवासी पक्राउ र डिर्पोट तिब्र:

अमेरिकामा विधार्थी काममा जान छोडेपछि ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा कामदार अभाव !

२०८१ माघ १६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.5K

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अबैध आप्रवासीमाथी चलाएको धरपकड र पक्राउ अभियानका कारण विधार्थीहरु काममा जान छाडेका छन । पक्राउसंगै कागजात नभेटिएका र अपराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएपछि डराएर विधार्थीहरु काममा जान छोडेका छन भने संचालकहरुले पनि केहि समय घरमै बस्न भन्दै विधार्थी र अन्य कामदारहलाई अनिश्चित समयका लागि विदा दिएका छन ।

अमेरिकामा रहेका ग्यास स्टेसन र रेष्टुरेन्टहरुमा झण्डै ३० प्रतिशत कामदारहरु कागजात नभएका वा विधार्थीहरु काम गरी रहेको बताइन्छ । ट्रम्प प्रशासनले सेन्चुरी राज्य वा सिटीलाई पहिलो निसाना बनाएका छन । ती सन्चुरी सिटीहरुमा ट्रम्पको धरपकडलाई स्थानीय प्रशासनहरुले असहयोग गरिरहेको बताइएको छ । धरपकड तिव्र बनाएका कारण व्यापार सन्चालकहरुले जसरी यस अघि कागजात नभएका कामदारहरुलाई काममा लगाएका थिए उनिहरु काममा जान छोडेको र सन्चालहरुले नै बाध्यतावस केहि समय विदामा बस्न भन्दै कामदारहरुलाई अनिश्चित समयका लागि घर बस्न भनेका छन । जसबाट भारतीय, चाईनिज, नेपाली बंगाली, भियतनामिज, पाकिस्तानी मेक्सिकन, लगायत सन्चालक रहेका व्यापारहरुमा प्रत्यक्ष असर पर्न थालेको छ । कानुन व्यवसायीहरुले पनि यस्तो अवस्थामा विधार्थीहरुलाई आफ्नो स्टाटस जोगाउन सुझाव दिएका छन ।

पछिल्लो समयमा आएको यो अवस्थाका बारेमा नेपाली समुदायका नेतृत्व तहका वा गैरआवासिय नेपाली संघका नेतृत्वहरु पनि यसै गर भन्न सक्ने अवस्थामा नरहेको बताइरहेका छन । कानुन व्यवसायीले भने झै यस्तो अवस्थामा जोखिम हुने स्थानहरुमा काम नगर्ने र आफ्नो स्टाटस जोगाउनु विकल्प छैन । अमेरिकामा २५ हजार भन्दा बढी विधार्थी विभिन्न तहमा अध्ययन गरी रहेका छन भने अपुष्ट तथ्यांक अनुसार ४० हजार भन्दा बढी कागजात नभएकाहरु छन । जोसंग कागजात उनिहरु यतिखेर सामाजिक सन्जालबाट गायब हुन थालेका छन । यतिखेर जहाँ जाँदा पनि आफ्नो परिचय खुल्ने कागजात साथमा राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन । साथै आफ्नो कानुन व्यवसायीहरुको सम्पर्क नम्बर राख्न पनि सुझाव दिएका छन ।

न्यूयोर्क, टेक्सास, क्यालिफोनियामा रेष्टुरेन्ट र ग्यास स्टेसन सन्चालन गर्दै आएका नेपाली व्यापारीहरुले विधार्थीहरु काममा आउन छाडेका कारण कामदार अभाव भएको भन्दै व्यापर सन्चालन हुने समय नै परिवर्तन गर्नुपरेको बताएका छन । आईसीईले बोस्टन, सिकागो, न्यूयोर्क , टेक्सास, मेरिल्याण्ड, न्युजसी, क्यालिफोनियालगायत राज्यहरुबाट १० हजार भन्दा बढी पक्राउ गरिसकेको हुन सक्ने अमेरिकी सन्चार माध्यमहरुले जनाएका छन । ट्रम्प प्रशासनले कम्तिमा एक दिन १५ सय भन्दा बढी पक्राउ गर्नुपर्ने निर्देशन दिएको जनाएको छ ।

यसरी पहिलो चरणमा पक्राउ परेकाहरु आपराधिक गतिविधिमा संलग्न ३ हजारभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड कर्नर नोटिस जारी भएकाहरुचोरी ठगी हत्या हिंसमाका संलग्न भएकाअहरु रहेको बताइन्छ । बढी जसो पक्राउ पर्नेहरु मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी अमेरिका फर्केर आएकाहरु रहेको बताइएको छ ।