हन्डुरसले अमेरिकामा रहेका आफ्ना नागरिकलाई देश निकाला नगर्न भन्दै यदि त्यसो गरेमा आफ्नो देशमा रहेको अमेरिकी सेनाको सैन्य अड्डाहरू बन्द गरिने चेतावनी दिएका छन । होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले भने कि “हाम्रा आप्रवासीहरूविरुद्धका अनावश्यक प्रतिशोधहरू“का कारण “अमेरिकासँगको सहयोग नीति, विशेष गरी सैन्य क्षेत्रमा, परिवर्तन गर्ने“ विकल्पमाथि विचार गरिनेछ भनेका छन । यो कदमले ट्रम्पको प्रमुख आप्रवासन नीतिप्रति अन्तर्राष्ट्रिय विरोध र कूटनीतिक प्रतिक्रियाको संकेत दिएको न्यूज वीकमा छापिएको समाचारमा उल्लेख छ ।
हन्डुरसकी राष्ट्रपति सिओमारा क्यास्ट्रोले चेतावनी दिएकी छन् कि यदि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ठूलो स्तरको देशनिकाला, शरण दाबी अस्वीकृत गर्ने, र अमेरिका–मेक्सिको सीमामा परिवारहरू छुट्टाउने प्रस्तावहरू लागू गरे भने, उनले अमेरिकासँगको सैन्य सहयोग अन्त्य गर्ने विचार गर्न सक्नेछिन् । क्यास्ट्रोले यो चेतावनी नयाँ वर्षको अवसरमा दिएको सन्देशमा उनले आउँदै गरेको प्रशासनसँग रचनात्मक संवाद आवश्यक भएको विषयमा जोड दिइन् ।
राष्ट्रपतिले अमेरिकाले हन्डुरसमा हरेको सैन्य अड्डाहरू विना भाडा राखिरहेको खुलाएकी छिन । अमेरिकाले १९८० देखि हन्डुरसको कमायागुआमा रहेको पाल्मेरोला सैन्य अड्डा (सोतो क्यानो एयर बेस) सञ्चालन गरिरहेको छ । बृहत् देशनिकालालाई रिपब्लिकन पार्टीको मञ्चको मुख्य अंग मानिएको छ, जहाँ ट्रम्पले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका लाखौं आप्रवासीहरूलाई आफ्नो राष्ट्रपतिको पहिलो दिनदेखि नै हटाउने वाचा गरेका छन् ।
ट्रम्पले मेक्सिको र क्यानडामाथि आप्रवासन नियन्त्रण र लागू औषध प्रवाह रोक्न सहयोग नगरेमा व्यापक शुल्क लगाउने धम्की दिएका छन् । सम्भावना छ कि उनले हन्डुरसलाई पनि यस्तो शुल्क लगाउन सक्नेछन् यदि उनीहरूले उनको योजनामा सहयोग गरेनन् भने ।
ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदायको अध्यक्षका रूपमा, क्यास्ट्रोले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामसँग जनवरीमा आप्रवासन मुद्दाहरूमा छलफल गर्न विदेश मन्त्रीहरूलाई समेटेर बैठक आयोजना गर्ने घोषणा गरेकी छन् ।
हन्डुरसका उप–विदेश मन्त्री टोनी गार्सियाले भनेका छन् कि २०२५ मा अमेरिका हन्डुरसका करिब २ लाख ५० हजार आप्रवासीलाई देशनिकाला गर्न तयार छ, र हन्डुरसले यति ठूलो संख्याको आप्रवासीहरूको आगमनलाई व्यवस्थापन गर्न सक्दैन । हन्डुरस सरकारका तथ्याङ्कहरू अनुसार हाल अमेरिका लगभग २० लाख हन्डुरसवासीहरू बसोबास र काम गरिरहेका छन् । तर, प्यू रिसर्च सेन्टरका अनुसार, २०२२ सम्म अमेरिकामा करिब ५ लाख २५ हजार हन्डुरसका गैरकानुनी आप्रवासीहरू बसोबास गरिरहेको तथ्यांक छ ।