January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिका हिडेका ५५ जना आप्रवासीको पानमा जंगलमा मृत्यू, २० लाई खोलाले बगायो

२०८१ पुष ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

795

 

तल्लो बाटो हुँदै अमेरिका जान हिडेका ५५ जना आप्रवासी कोलम्बियाबाट डारियन जंगल पार गर्ने क्रममा मृत्यू भएको समाचार छ । जंगलको बाटो हुँदै अमेरिकातर्फ गएका ५५ जना आप्रवासीकोे मृत्यु र १८० जना बालबालिका अलपत्र रुपमा छाडिएको भेटिएको पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका छन । ति सबैको अहिले हेरचाह बाल हेरचाह संस्थाहरूले गरिरहेका छन् । सन् २०२४ मा डारियन मार्गमा ५५ जनाको मृत्यु भएको राष्ट्रपति मुलिनोले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा बताएका हुन । साथै मृतकहरूमा वर्षायाममा नदी पार गर्ने क्रममा डुबेका थप १० जना पनि रहेका छन् ।

छिटो बग्ने नदीहरू, जंगली जनावरहरू र आपराधिक गिरोहहरूजस्ता जोखिमका बाबजुद, डारियन एसिया, दक्षिण अमेरिका, मध्य अमेरिका, र मेक्सिको हुँदै अमेरिका पुग्न चाहने भेनेजुयलाली र अन्य आप्रवासीहरूको लागि मुख्य मार्ग हो । मृत्यू भएका व्यक्तिहरु कुन कुन देशको कति जना हुन त्यो भने खुलेको छैन । पानामाका अधिकारीहरूले जंगलको दुर्गम भागबाट धेरै शवहरू निकाल्न नसकिने अवस्थामा अझै भएकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने दावी गरेका छन् । यस वर्ष हालसम्म ३ लाख आप्रवासीहरूले डारियन जंगल पार गरेका तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांक २०२३ को तुलनामा यो सख्या ४१ प्रतिशत कम हो । २०२३ मा ५.२ लाख मानिसहरूले यो खतरनाक यात्रा गरेका पानामाको सरकारले जनाएको छ ।

नदी तर्न ढुंगामा यात्रा गर्न तयार आप्रवासी

अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार, केही बालबालिकाहरूका आफन्तहरू मरेका वा हराएका कारण एक्लै छन् भने केही यात्रा गरिरहेका बेला छुटेकाहरु र केहि छोडिएकाहरु हुन सक्ने जनाइएको छ । अमेरिकाको दबाबमा पानामा र मेक्सिकोले आप्रवासन समस्यालाई सम्बोधन गर्न अबैध आप्रवासीप्रति निर्मम हुन थालेपछि सो क्षेत्रमा कम आवत जावत हुन थालेको बताइन्छ । पानामा सरकारले डारियन क्षेत्रमा धेरै मार्गहरू बन्द गरेको छ र अमेरिकाको आर्थिक सहयोगमा आप्रवासीहरूलाई चार्टर्ड उडानबाट फिर्ता पठाउन थालेपछि आवज जावत कम भएको हो ।डारियन ग्यापको कठिन ६० माईल लामो छ । हरेक वर्ष अमेरिकातर्फ जान त्यो घना जंगल हुँदै झण्डै पाँच लाख मानिसहरू यात्रा गर्न थालेपछि डारियनका आदिवासी समूहहरू जोखिममा परेको बताइरहेका छन् । यो गाउँमा लगभग एक हजार ४०० एम्बेरा आदिवासीहरू बस्छन् ।
सो जंगलको बाटो भएर यात्रा गर्नेहरु खराब मौसम, सशस्त्र लुटेराहरूले लुट्ने, शोषण गर्ने र यौन दुव्र्यवहार हुने कारण मारिने गरिएको छ । पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले जुलाईमा पद सम्हालेपछि सबै आप्रवासीलाई हवाई मार्गबाट फिर्ता पठाउने वाचा गरेपनि यो समस्याको सामना गर्न सरकार सफल भएको छैन ।