होम लम्साल
अमेरिका, अमेरिकी सरकारले निर्धारण गरेको नियममा अमेरिका आएर कानुनी रुपमा आफ्नो बसोबास व्यवस्थापन गर्न यस पृथ्वीमा भएका एक प्रतिशत मानिसका लागि मात्रै योग्य हुन संभव हुन्छ । एक अध्ययनका अनुसार अमेरिकी सरकारले तय गरेका आप्रबासी भित्र्याउने कानुनी बाटो त्यति कठिन छ की जसका लागि बर्षमा एक बर्षमा मात्रै भिषा एक करोड १५ लाख भिषा जारी गर्दछ । त्यसमा सबै वर्गमा मानिस पर्दछन । अबैध रुपमा अमेरिका आउनेहरुको एक बर्षमा कति आउँछन त्यसको तथ्यांक हेर्दा साँडे ३० लाख रहेको देखाउँछ । बैध रुपमा आएका आप्रवासी भने झण्डै ९३ लाख रहेको तथ्यांक छ । ती सबै कति अमेरिका बस्दछन कति त्यो तथ्यांक एकिन छैन । यसको मतलव अमेरिकी सपना नहुने सामान्य मानिसमा सायदै कम होलान । त्यसैले सक्नेहरु उडेरै आउँछन तर नसक्नेहरु तल्लोबाटो अमेरिकी सपना पछ्याउँदा एक तिहाईको अमेरिका नपुग्दै बिलाउने गरेका एक तथ्यांकले बताउँछ । त्यसमा पनि केहि प्रतिशत यस्ता छन जसको जीवन न अमेरिका आई पुग्छन नत फकिन्छन बीच बाटोमा नै समाप्त हुने गरेका छन ।
अमेरिका र मेक्सिको सीमामा मानव अधिकारका लागि काम गर्ने संस्थाहरुले सार्वजनिक गरेको एक तथ्यांक हेर्दा अमेरिकी सपना पछ्याउँदा पछ्याउँदै अमेरिकी सिमामा पुगेर हजारौले ज्यान गुमाएका रहेछन । ह्युमन बोर्डर्स र पीमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालयद्वारा सञ्चालित आप्रवासी मृत्युदर अनुसन्धान परियोजनाका अनुसार, सन् २००० यताको २४ बर्षको तथ्यांक हेर्ने हो भने अमेरिका मेक्सिको सिमामा पर्ने मरुभूमिमा ४ हजार ३२९ मानिसका मृत शरिर फेला परेको बताइएको छ । यसमा २०२० देखि २०२४ सम्मका ९ सय ७९ अवशेष समावेश छन् । जुन अघिल्लो पाँच वर्षको तुलनामा ७०७ थिए । मानवीय सहायता समूहहरू, पार्कका कर्मचारीहरू, र सीबीपीले भेटिएका अवशेषहरू नियमित रूपमा फेला पार्दछन । प्रायः महिनौं वा वर्षौंसम्मको जोखिमपछि जहाँजहाँ स्वयंसेवकहरूले मरुभूमिमा पानी वितरण गरिहेका हुन्छन त्यहाँ त्यहाँ मानिसहरू मृत वा कंकाल भेटिनु सामान्य विषय जस्तै बनेको छ । हराएका मानिसहरु कुल मिलाएर लगभग १६०० अवशेष अझै अज्ञात छन्, र मरुभूमिमा अझ धेरै शवहरू हराइरहेका हुने सम्भावना छ ह्यूमन बार्डसले जनाएको छ ।
त्यसरी भेटिने लासहरुको धेरैको देश वा बतन खुलेको हुन्न । कारण उनिहरु कुन देशका हुन कहाँबाट आएका हुन भन्ने कुरा उनिहरुले प्रयोग गर्ने कपडामा केहि चिन्ह भेटिएबाहेक कसैको पनि वास्वविकता थाहा हुन्न । त्यहाँ भेटिनेहरुले प्रायजसो जहाँबाट आएका भएपनि आफ्नो पासपोर्ट च्यातेर फालेका हुनछन र वास्तविक परिचय लुकाएका हुन्छन । प्रायजसो निकै जाडो वा निकै गर्मीका बेला त्यस्ता मृत शरिरहरु बढी भेटिने गरेका छन । अनुसन्धान अनुसार त्यस्ता मृत शरिरहरु मानव अधिकारको क्षेत्रमा काम गर्नेहरुले आफ्नो तथ्यांकमा राख्नेछन अनि सामान्य प्रहरीको जानकारी गराएर गाडी दिन्छन ।
नर्थ अमेरिकन देशहरुबाट सयौंको सख्यामा अमेरिका छिर्न आएकाहरु तीन भागको एक भाग मानिसमात्रै अमेरिका पुग्ने गरेको बताईन्छ । तीमध्ये केहिको बाटोमा निधन हुन्छ भने कयौ व्यक्तिहरु असफल भएर मेक्सिकोमा नै बसेकाहरु पनि छन । त्यस्ता अनुसन्धान गर्ने निकायहरुमा आफन्त हराएको र खोजीका लागि पनि हजारौ अनुरोधहरु आउने गरेको अनुसन्धानमा संलग्न संस्थाहरुले जनाएका छन । तर उनिहरुले खोजी गर्दैनन् भेटिएकाहरु सग्लो रहेछ भने फोटोको आधारमा मृतकका आफन्तलाई जानकारी दिने गर्दछन । बर्षेनी भेटिने सयौ कंकालहरु कुनै नाम वा वतन खुलेको हुन्न । त्यो कहिले निधन भयो र कहाँबाट आएका हुन थाहा हुन्न । मरुभुमिमा भेटिने यस्ता मृत शरीर संस्थामा काम गर्नेहरुले भेट्छन । मानवअधिकारको पक्षमा काम गर्नेहरुले विगतमा जस्तै ट्रम्प प्रशासनले आप्रवासीको मानव अधिकारको लागि काम गर्दा निसानामा परिन्छ भन्ने डरले बेलैमा सजकता अपनाएको बताईरहेका छन । अमेरिका छिर्न सिमा क्षेत्रमा आउने क्रममा मरुभुमिमा खडेरी, बाढी, तातो लहर, र अन्य चरम मौसम घटनाहरूबाट बर्षेनी हजारौ मानिस सिमा क्षेत्रमा मत्यूवरण गर्न पुग्दछन । उनिहरुको मानव अधिकार र खाना, पानी र कपडा उपलब्ध गराउने संस्थाहरुले चिन्ता व्यक्त गरेका हुन । अघिल्लो कार्यकालमा ट्रम्प प्रशासनले आफुहरुलाई निकै दुख दिएको भन्दै यस पटक त्यो भन्दा बढी समस्या झेल्नुपर्ने भन्दै तयारी गरिरहेको बताएका छन ।
“बाइडेन प्रशासनले पछिल्ला चार वर्ष आप्रवासीहरूको लागि ठूला उपलब्धिहरू भएनन्, तर मानव अधिकार कर्मीहरूलाई लक्षित गरिएको थिएन,“ एक अनुभवी एजो सामारिटान्स स्वयंसेवकले बताएका छन । “ट्रम्प प्रशासनले हामीलाई फेरि शत्रु बन्नेछौं, र आप्रवासीहरू तथा अभियानकर्ताहरूविरुद्धका घृणित आक्रमणहरूले हामीलाई अझ बढी जोखिममा पार्नेछ ।“ अधिकांश मृत्युहरू गर्मी महिनामा सेल फोन सेवा नहुने विकट क्षेत्रमा हुने गर्छन् । यी ठाउँहरूमा पानी वितरण र खोज तथा उद्धार मिसनका लागि सहयोगकर्ताहरूलाई पुग्न गाह्रो पर्छ । ओर्गन पाइप, काबेजा प्रिएटा, र अन्य राष्ट्रिय पार्कहरूमा वातावरण जोगाउन मानवीय समूहहरूलाई कुनै पनि सवारी साधन – कार, साइकल, वा ह्वीलब्यारोसमेत – प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर, सीबीपीका सवारी साधनहरू स्वतन्त्र रूपमा गइरहन अनुमति प्राप्त छ ।