May 15, 2025, Thursday
२०८२ जेष्ठ २

कानुनी प्रक्रिया बिना नै अबैध आप्रवासीलाई देश निकाला गर्न अधिकार छः राष्ट्रपति ट्रम्प

२०८२ बैशाख १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

540

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतले शनिबार एउटा आपतकालीन आदेशमार्फत ट्रम्प प्रशासनलाई संभावित भेनेजुएली गिरोहका सदस्यहरूलाई उचित कानुनी प्रक्रिया बिना देश निकाला गर्न रोक लगाएपछि ट्रायल नगरीकनै अबैध आप्रवासी डिपोर्ट गर्न आफूसंग ‘अधिकार’ भएको दाबी गरेका छन् ।
डेली क्यालरका एक रिपोर्टरले जब ट्रम्पसँग निर्वासनको दरप्रति सन्तुष्ट छन् वा छैनन् भनेर सोधिन्, उनले धन्यवाद दिँदै राष्ट्रपतिले भने भेनेजुएला, “कङ्गो” लगायतका देशहरूले आफ्ना जेल खाली गरेर आप्रवासीहरूलाई अमेरिका पठाएका छन्, जसले आपतकालीन स्थिति निम्त्याएको हो यस्तो स्थितिको समाधान १७९८ को कानुन अन्तर्गत आफूलाई प्राप्त आपतकालीन अधिकार प्रयोग गरेर मात्र गर्न सकिने बताए ।

“हामी तिनीहरूलाई देशबाट हटाइरहेका छौं, र मलाई आशा छ कि अदालतहरूबाट सहकार्य मिल्नेछ, किनभने तपाईंलाई थाहा छ, हजारौं मानिसहरू छन् जो जान तयार छन्, तर तपाईं हरेक जनालाई ट्रायल दिन सक्नुहुन्न,“ ट्रम्पले भने । “यो सिस्टम त्यसका लागि बनाइएको थिएन, हामीलाई लाग्दैन कि कतै यस्तो लेखिएको छ कि… हामी धेरै खराब मानिसहरू, हत्यारा, लागूपदार्थ बेच्नेहरू, मानसिक रोगीहरू — यिनीहरूलाई हटाइरहेका छौं । यिनीहरूले आफ्ना मानसिक अस्पतालहरू खाली गरेर हाम्रा सीमाहरूमा पठाएका छन् अब एउटा न्यायाधीशले भन्छः ‘होइन, तपाईंले ट्रायल दिनैपर्छ’ ? त्यो सम्भव छैन ।“

राष्ट्रपति ट्रम्पले भने हामीले जुन काम गर्न पाउनुपर्ने हो, त्यो गर्न नदिइएमा देश एकदमै खतरनाक बन्नेछ । ट्रम्पको टिप्पणीहरूलाई अधिकारबवादीहरुले संवैधानिक अधिकार र मानव अधिकारको दृष्टिले निकै विवादास्पद मानिएको छ । सर्वोच्च अदालतको आदेशले न्यायिक प्रक्रिया बिना निर्वासन गर्न रोक लगाएको बताईदै आएको छ । जुन अमेरिकी संविधानले प्रत्येक व्यक्तिको अधिकारको रूपमा सुनिश्चित गर्दछ ।