कोरिया सरकारको ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्र्याउँदै आएको छ । जसमा मुख्य बजार नेपाल पनि हो । दक्षिण कोरियामा कामदारको तलब बढेको छ । सन् २०२५ का लागि १ दशमलव ७ प्रतिशतले तलब बढाइएको बताइएको छ । प्रति घण्टा १० हजार ३० वन निर्धारण गरिएको जनाइएको छ । २०२४ को तुलनामा १७० वन वृद्धि भएको छ । महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत सबै श्रमिकले न्यूनतम तलब २० लाख ९६ हजार २७० वन पाउनेछन् । न्यूनतम तलब निर्धारण समितिमा श्रमिक युनियन, सरकार र कम्पनी व्यवसायीको ९ , ९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन् ।
नेपालीहरू विश्वका १ सय ७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । सन २००८ बाट सरकारी कोटामा नेपालीहरु कोरिया जान थालेका हुन । विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेको उल्लेख । जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ । नेपालबाट हाल कोरियामा सरदर मासिक २ हजार श्रमिक पठाउँदै आएको छ ।
हालसम्म कति गए कोरिया ?
विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन्। जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ । सन् २००८ मा दुई हजार ८ सय १४ नेपाली श्रमिक कोरिया गएका थिए । २००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ ।
त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०१३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन् ।
नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको माग भन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । तर, कोरियाले गत फेव्रुअरीदेखि नयाँ व्यवस्था गरेको छ । रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परिक्षाको लागि आवेदन लिनुपर्ने व्यवस्था गरेको छ ।तर नेपालमा तोकिएकोे भन्दा बढी भाषा परिक्षामा सहभागी हुने गरेको छ । गत बर्ष मात्रै कोरियामा कामका लागि जान ईच्छुक १ लाख ४६ हजार नेपाली भाषा परिक्षामा समेल भएका थिए ।