अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्ने दिन नजिकिंदै गर्दा अध्यागमन सुधारका नाममा निर्मम तयारी गरिरहेको समाचार छ । उनको पछिल्ला दिनहरुमा दिईएका अन्तर्वार्ताहरु अनुसार सामूहिक निर्वासन र जन्मसिद्ध नागरिकताको हक अन्त्य गर्ने बताएका छन । साथै उनले जनवरी २० तारिक सत्ता सम्हाले लगत्तै गरिने केहि तर महत्वपुर्ण भनिएका घोषणामा मेक्सिको बोर्ड सिल गर्ने र सीमानामा पर्खाल निर्माणको कार्य शुरु गर्ने तयारी भईरहेको अमेरिकी सन्चार माध्यमहरुले बताएका छन ।
साथै सामाुहिक डिपोर्ट गर्न लाग्ने खर्चका लागि उनले कांग्रेसमा बजेटको व्यवस्थाका लागि बिल कार्याधेश पेश गर्ने पनि तयारी गरेका छन । यदि सामुहिक डिर्पोट गर्ने हो भने ११ मिलियन अबैध आप्रवासीका लागि ३ सय विलियन डलर लाग्ने अनुमान छ । यदि कंग्रेसमा प्रस्ताव पास गर्न यसपटक रिपव्लिकनलाई डेमोक्र्याटको सहयोग आवश्यकता पर्दैन किनकी रिपव्लिकनको पुर्ण बहुमत कंग्रेस र सिनेट दुवैमा छ । जसका कारण कानु बनाउन सामान्य बहुमतका आधारमा हुनेछ ।
सिमान शिल्ड गर्न र अबैध आप्रवासीलाई डिर्पोट गर्न हजारौ नयाँ कर्मचारी नियूक्त गर्न अर्वौ डलर बजेट आवश्यक पर्नेछ । ट्रम्पले जो युवा उमेरमा गैरकानूनी रूपमा अमेरिकामा ल्याइएका मानिसहरूलाई संयुक्त राज्य अमेरिकामा बस्नको लागि बाटो खोज्ने खुलापनको संकेत पनि गरेका छन । साथै पढ्न आएका अन्र्तराष्ट्रिय विधार्थीहरुलाई पनि पढाई सकेपछि ग्रिनकार्डको बाटोमा लैजाने तयारीको पनि संकेत गरेको छ । ट्रम्पले जन्मसिद्ध नागरिकतालाई एकपक्षीय रूपमा समाप्त गर्ने कुनै पनि प्रयासमा कानूनी चुनौतीहरू भने प्रशस्त छ । उनले चाहँदैमा त्यो सविधानत प्राप्त अधिकार नदिन सविधन संशोधन आवश्यक हुन्छ जसका लागि रिपव्लिकनलाई डेमोक्र्याट पार्टीको सहयोग विना संभव छैन ।
एता ट्रम्पको तयारीलाई चुनौति दिन इलिनोइस, क्यालिफोर्निया र न्यूयोर्क जस्ता डेमोक्र्याट पार्टीबाट जितेका गभर्नरहरूले उनीहरू अदालतमा ट्रम्पको नीतिहरू विरुद्ध लड्न तयार रहेको संकेत गरी सकेका छन । ट्रम्पले पनि अबैध आप्रवासी हटाउने योजनामा पहिले अपराध गरेर जेल परेकाहरुलाई पहिलो चरणमा डिपोर्ट गर्ने तयारी गरेको छ । उनको योजनामा चरणबद्ध डिर्पोट भनिएको छ ।