February 8, 2025, Saturday
२०८१ माघ २६

नेपालीको बाक्लो बसोबास रहेको टेक्सास फोर्थवर्थबाट एकैदिन ५ सय ३८ अबैध आप्रवासी पक्राउ

२०८१ माघ ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.7K

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अमेरिकाका आप्रवासी बस्ने सबै जसो राज्यहरुमा धरपकड र पक्राउ तिव्र पारिएको छ । जसमा आईसीईले १२ भन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेको छ। सिएनविसि १० समाचारका अनुसार बोस्टन, सिकागो, न्यूयोर्क , टेक्सास गरी १५ सय भन्दा बढी एकै दिन पक्राउ परेका छन ।

न्यूयोर्कसहित सेन्चुरी सिटीबाट अबैध र आपराधिक गतिविधिमा संलग्न ५ सयभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड नोटिस जारी भएकाहरु पनि परेका छन । जसमा मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी फर्केका आएकाहरु रहेको बताइएको छ ।

यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ। तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ। त्यसैगरी डालास फोर्थवर्थबाट मात्रै ५ सय ३८ भन्दा बढी व्यक्तिहरु आईईएसले एकैदिन पक्राउ गरेको जनाएको छ । टेक्सास नेपाली बसोबास बाक्लो रहेको क्षेत्रमा पर्दछ तर अहिलेसम्मको जानकारीमा नेपालीहरु परेको वा नपरोको कुनै जानकारी प्राप्त भएको छैन ।