April 23, 2025, Wednesday
२०८२ बैशाख ११

मेक्सिकोबाट छिरेर अमेरिका निस्कने सुरुंगमार्ग भेटियो, कस्ता छन अरु ५ सुरुंगमार्ग ?

२०८१ पुष २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1K

अमेरिकी गृह सुरक्षा अनुसन्धानका विशेष एजेन्टहरूले अमेरिका मेक्सिको बोर्डरमा जनवरी १० मा एल पासो र सियुदाद जुआरेजलाई जोड्ने सुरुंगमार्ग पत्ता लगाएका छन् । एल पासोका अनुसार, सुरुंग निर्माण र सन्चालनमा संलग्नहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । अमेरिकी सुरक्षाकर्मीले बोर्डर पेट्रोल अधिकारीहरूले सुरुंगलाई “ऐतिहासिक खोज” भनेका छन् । स्मरणीय के छ भने यस्ता सुरुंगमार्गबाट अबैध लागु औषध र आप्रवासीलाई अमेरिका पठाउन प्रयोग गरिन्छ । यस अघि पनि अमेरिकी सुरक्षा अधिकारीहरुले अमेरिका मेक्सिको बोर्डरमा यस्ता अरु सुरुंग मार्गहरु पत्ता आएका थिए ।

“तस्करी सुरुंग“ को उत्खनन गर्दा, उनीहरूले सुरुंग अमेरिकी–मेक्सिको सीमाको मुनिबाट दक्षिण–मध्य एल पासोको बून स्ट्रिटको आँधी पानी नालीमा जोडिएको पत्ता लगाएका छन । सुरुंगको चौडाइ लगभग ४ फिट र उचाइ ६ फिट रहेको छ । जसबाट सजिलै मानिस ओहोर दोहोर गर्न मिल्दछ । सुरुंग काठका खम्बाहरूले बनाइएको छ, बिजुली, वेंटिलेसन प्रणाली रहेको छ, र यो गत वर्षभित्र निर्माण गरिएको देखिन्छ ।

बोर्डर पेट्रोलले शुक्रबार बिहानै सुरुंग फेला पारेको हो, जसले जुआरेजबाट एल पासोको आँधी पानी नाली प्रणालीमा प्रवेश गर्दछ । बोर्डर पेट्रोलका अनुसार, सुरुंगमा प्रकाश व्यवस्था, वेंटिलेसन प्रणाली छ, र यो पुरै क्षेत्रमा काठका खम्बाहरूबाट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूले मानिस र अवैध वस्तुहरू भूमिगत सारेर पत्ता नलाग्ने सोच्न ठूलो गल्ती गर्छन् । यो पछिल्लो खोजले उनीहरूको परिष्कृत तस्करी नेटवर्कलाई तहसनहस गर्न हाम्रो क्षमताको महत्वपूर्ण उदाहरण हो” भनेका छन ।
एल पासो सेक्टर बोर्डर पेट्रोल प्रमुख एन्थोनी “स्कट” गुडले भने, “अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूद्वारा प्रयोग हुने यो तस्करी संरचना फेला पार्ने एजेन्टहरूप्रति हामी गर्वित छौं भन्दै हाम्रा एजेन्टहरू एल पासो सेक्टरको प्रत्येक वर्ग माइलमा खोज र निगरानीमा अडिग छन् ।

यस अघि पनि अमेरिकी अधिकारीहरूले मेक्सिकोसँगको सीमामा लामो लामो सुरुंगमार्गहरु फेला परेको बताएका छन् । सन् २०२२ मा ४ हजार ३०९ फिट (१,३१३ मिटर) लामो यो सुरुंगमा लिफ्ट, रेल ट्र्याक, ड्रेनेज र हावाको वेंटिलेसन प्रणालीहरू, र उच्च भोल्टेजको बिजुली तारहरू रहेको पत्ता अगाएका थिए । त्यो सुरुंग मेक्सिकोको सहर तिजुआनाको एक औद्योगिक क्षेत्रलाई क्यालिफोर्नियाको सान डिएगो क्षेत्रसँग जोडेको थियो । मेक्सिकन अधिकारीहरूले यसको प्रवेशद्वार पत्ता लगाए र अमेरिकी अनुसन्धानकर्ताहरूले यसको नक्सा बनाएर सार्वजनिक गरिएको थियो । यो सुरुंग जमिनको सतहभन्दा औसतमा ७० फिट (२१ मिटर) गहिरो छ । यसको उचाइ ५.५ फिट र चौडाइ २ फिट रहेको अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले जनाएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने स्पष्ट छैन ।

२०१६ यता क्यालिफोर्नियाको मेक्सिको सीमामा एक दर्जनभन्दा बढी परिष्कृत सुरुंगहरू फेला परेका थिए । सान डिएगोमा २०१४ मा फेला परेको दोस्रो लामो सुरुंग २,९६६ फिट लामो थियो । विगतमा अमेरिका–मेक्सिको सीमामा भेटिएका सुरुंगहरूबाट अबैध रुपमा आप्रवासी अमेरिका लैजान प्रयोग गरिएको बताइएको छ । अगस्त २०१८ मा एरिजोना राज्यको एक पूर्वतर्फ मेक्सिकोसम्म ६०० फिट लामो सुरुंग फेला पारिएको छ । त्यसैगरी अप्रिल २०१६ मा सान डिएगोमा एक परिष्कृत सुरुंगलाई कोकिन र गाँजाको ठुलो भण्डार ढुवानी गर्न प्रयोग गरिएको थियो । त्यसैगरी मार्च २०१६मा मेक्सिकोको एउटा रेस्टुरेन्टबाट क्यालिफोर्नियाको एउटा घरसम्म सुरुंग रहेको थियो । अगस्त २०१५मा तिजुआनामा रेल, बत्ती र वेंटिलेसन भएको अधुरो सुरुंग फेला पारिएको थियो । यी सबै सुरुंग मार्गहरुबाट लागु औषध र अबैध आप्रवासी अमेरिका पठाउन प्रयोगमा आएको बताईन्छ ।