January 15, 2025, Wednesday
२०८१ माघ ३

मेक्सिको सीमाबाट अबैध आप्रवासी पक्राउ गर्दै फिर्ता पठाउन थालियो, सीमा क्षेत्रमा १ सय ७६ अबैध आप्रवासीको मृत्यू

२०८१ पुष १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

360

क्रिसमस र नयाँ बर्ष चाडपर्वको मौका पारेर मेक्सिकोको दक्षिणी सीमाबाट अमेरिका छिर्न खोज्ने अबैध आप्रवासीहरुको कारण राजमार्गहरूमा ट्राफिक दुर्घटनाको जोखिम वृद्धि गरेको जनाइएको छ । नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नु पहिले अमेरिका छिर्न भन्दै अगाडी बढेका हजारौ आप्रवासीलाई छेक्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ । उता यिनै अबैध आप्रवासी जो लागु औषधका भरिया बनेर लागु औषध ओसारपसारमा संलग्न थिए आर्थिक वर्ष २०२४ मा, एल पासो सेक्टरले १ सय ७६ आप्रवासीको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको तथ्यांकले देखाएको छ ।
उत्तरतर्फ यात्रा गर्दै अमेरिकी÷मेक्सिको सीमा क्षेत्रमा शरणका लागि अधिकार प्रयोग गर्ने प्रयास गर्ने व्यक्तिहरूलाई प्रायः मेक्सिकोका अधिकारीहरूले पक्राउ गरेर पुनः दक्षिणतर्फ पठाइदिएका छन । यही कारणले अहिले धेरैजसो शरण चाहने व्यक्तिहरू मेक्सिकोको उत्तरी सीमा होइन, दक्षिणी सीमामा बढी जमघट गरिरहेको एम्नेष्टी इन्टरनेसनल यूएसएका शरणार्थी तथा आप्रवासी अधिकार निर्देशक एमी फिशरले न्यूजवीकलाई बताइन् ।
सुरक्षा खोजिरहेका व्यक्तिहरू अझै पनि दक्षिणमा गम्भीर खतरामा छन्, जहाँ उनीहरूले अत्यधिक ठगी, अपहरण, यौन हिंसा, र असुरक्षाको सामना गरिरहेका छन्,“ एमी फिशरले बताएकी छिन । जुन दरमा ट्रम्प आउनु अघि नै अम्रिका छिर्ने उदेश्य राखेका थिए उनिहरु मेक्सिकोमा नै पक्राउ पर्दै फिर्ता भईरहेका द गार्जियनले जनाएको छ ।
सीमा सुरक्षा अधिकारीका अनुसार, अन्तरदेशीय आपराधिक संगठनहरूले मुनाफाका लागि तस्करी प्रक्रियामा आप्रवासीहरूको शोषण गरिरहेका छन्, जसले गर्दा उनीहरूलाई प्रायः खतरनाक र जीवनमरणको अवस्थामा छाड्ने गरेका छन् ।