January 19, 2025, Sunday
२०८१ माघ ६

यूएइमा रहेका १५ हजार अबैध नेपालीका लागि सरकारले ल्यायो नयाँ योजना : नेपाली फर्किने की बैध रुपमा काम गर्ने ?

२०८१ भाद्र २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

760

 

 

यूएईमा गैरकानुनी रुपमा बसी रहेका नेपालीहरुले आफु रही रहेको हैसियत वा भिसाको प्रकृति बदल्न सक्ने मौका पाउने भएका छन । आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको योजनाबाट झन्डै यूएईमा अवैध रुपमा रहेका करिब १५ हजार नेपालीले फाइदा लिन सक्ने आबुधाबीस्थित नेपाली दुतावासले जानएको छ ।

यूएईमा गैरकानुनी हैसियतमा रहेका मानिसहरूलाई भिसाको प्रकार बदल्न वा जरिबाना मिनाहा गरेर स्वदेश फर्कने अवसरका लागि आगामी ३० अक्टोबरभित्र उनीहरूले आवेदन दिन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यो योजना सेप्टेम्बर १ देखि लागु भएको बिबिसीले जनाएको छ ।
पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने र त्यहाँ काम नपाएपछि वा केही समय काम गरेपछि अलपत्र पर्नेहरूको सङ्ख्या बढ्दै गएको ब्ला आएको यो अबसरलाई नेपालीले आफ्नो अनुकुल ुविधा लिन सक्नेछन ।

नेपाली कामदारका लागि एउटा प्रमुख श्रम गन्तव्य यूएईमा नेपालीहरूको सङ्ख्या छ लाख भन्दा बढी रहेकने नेपाली दूतावासको अनुमान छ । नेपाली दूतावासका अनुसार हजारौँ नेपालीहरू गैरकानुनी अवस्थामा हुन सक्छन्। जो भिजिट भिषा वा अन्य कारण अलपधत्र छन भने उनिहरुका लागि यो सुनौलो अवसर हो , घर फर्किने की त्यही बैध रुपमा काम गर्ने ।

यूएई सरकारले त्यो घोषणा गरे पछि नेपाली दूतावासले उनीहरूको सहयोगका लागि सहायता कक्ष स्थापना गरी सातै दिन सेवा दिने घोषणा पनि गरेको छ । दुतावासले नेपालीहरूको बढी बसोबास रहेको दुबई र शारजाह क्षेत्रलाई लक्षित गरेर दुबईमा एउटा सहायताकक्ष सञ्चालनमा ल्याएको जानइएको छ । नेपाली दूतावासका अनुसार यस्तो सुविधा लिएर यदि कोही स्वदेश फर्किएमा पनि उ फेरी यूएई भविष्यमा पुन जान पाउने कानुनी अधिकार सुरक्षित हुन्छ।

यसबाट दुईवटा किसिमको फाइदा हुन्छ। एउटा लामो समयदेखि नेपाल फर्कन नसकेका र अध्यागमनको जरिबाना तिर्न नसकेका नेपालीहरूका लागि सबै जरिबाना मिनाहा हुने भयो र उहाँहरू नेपाल कानुनी रूपमै जान पाउने भए ।