February 8, 2025, Saturday
२०८१ माघ २६

न्यूयोर्कसहित सेन्चुरी सिटीबाट ११ सय भन्दा बढी अबैध आप्रवासी पक्राउ: आप्रवासीलाई कानुनी सेवा रोक्न आदेश

२०८१ माघ ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

475

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ५ सय अवैध आप्रवासीलाई पक्राउ गरेको छ।

न्यूयोर्कसहित सेन्चुरी सिटीबाट अबैध र आपराधिक गतिविधिमा संलग्न ५ सयभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड नोटिस जारी भएकाहरु पनि परेका छन । जसमा मेक्सिको, ग्वाटेमाला, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी फर्केका आएकाहरु छन ।

न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन्। देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन्। यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ। तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ। जसमा डालास फोर्थवर्थबाट मात्रै ५ सय ५० भन्दा बढी व्यक्तिहरु आईईएसले पक्राउ गरेको जनाएको छ ।

होमनले भने-अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरुको जनसंख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरू भएको छ।’

रिपोर्टका अनुसार ट्रम्पको सपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको छ र आप्रवासीहरूसँग ठूलो मात्रामा सोधपुछ भइरहेको छ। उता डिपार्टमेन्ट अफ जस्टिसले कानूनी सेवा प्रदायकलाई आप्रवासीहरूको मद्दत गर्ने कार्य रोक्न आदेश दिएको छ । यस आदेशबाट हिरासतमा रहेका व्यक्तिहरूलाई अमेरिकी आप्रवासी प्रणालीमा सहयोग गर्ने संयन्त्रहरुलाई जटिल बनाएको छ ।