मुलुकमा देखिएको रजानीतिक अस्थिरता र बढ्दो निराशाका कारण युवा पुस्ताका अधिकाक्ष मानिसहरु आफ्नो भविश्यको चिन्ता गर्दै अध्ययन गर्न देश बाहिर जानेक्रम दिनप्रतिदिन बढेर गएको छ । दिनहुँ एयरपोर्टमा देखिने ताँती विधार्थी मात्रै होईनन, त्यसमा त्यो भन्दा ठुलो समुह कामका लागि विदेसिनेहरु पनि छ । यो ताँती हेर्दा लाग्छ देश विदेशतिरै गईरहेको छ ।
आर्थिक वर्ष २०८०-८१ मा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूले नेपालबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लिएर गएको नेपाल राष्ट्र बैकको विवरणमा उल्लेख छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो । यो बृद्धि हुने क्रम विगत एक दशकदेखि निरन्तर उकालो लागि रहेको छ । पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि रहेको केन्द्रीय ब्याङ्कको विवरणमा देखिन्छ । आर्थिक वर्ष २०८०-८१ मा १ लाख ८८ हजार ६६१ जना र आर्थिक वर्ष २०७९-८० मा १ लाख ९७ लाख ५२१ जनाले एनओसीको लागि मन्त्रालयमा निवेदन दिएको तथ्यांक छ ।
वैदेशिक अध्ययनका लागि ठूलो रकम बिदेसिन थालेपछि विदेशी मुद्रा सञ्चितिमा दबाव पर्ने र मानवपुँजीको पलायनको चुनौती बढ्ने अर्थसम्बन्धी जानकारहरूले चेतावनी दिन थालेका छन । दैनिक औसतमा पाँच सय नेपालीहरूले विदेश जानका लागि ’नो अब्जेक्शन लेटर’ (एनओसी) लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो सरकारी विवरणमा धेरै विद्यार्थी जाने मुख्य देशमा क्रमशः अस्ट्रेलिया, जापान, यूके, क्यानडा, अमेरिका, दक्षिण कोरिया र भारत छन् । चालु आर्थिक वर्षका सुरुका पाँच महिनामा ७२ हजार ३१२ जनाले ’एनओसी’ लिएका छन् । आखिर यति धेरै विदेश किन जाँदैछन त भन्नेमा स्वदेशमा अध्ययन गरेर रोजगारीको सुनिश्चिता छैन भने अर्कोतर्फ पढेलेखेकाहरु पनि क्षमताको कदर नहुने चरम राजनीति र आफन्तबादका कारण बाध्यतामा विदेशसिएका छन । मुलुकमा देखिएको दण्डहिनता, आफन्तवाद, महंगी बढ्दो बेरोजगारी र चरम निरासालाई सरकारले सम्बोधन गर्न नसकेसम्म यो क्रम बढ्ने देखिन्छ । यो रकम हेर्दा रेमिट्यान्सबाट चलिरहेको देश त्यहि रेमिट्यान्स रकम आफ्ना छोरा छोरी रआफन्त पढाउन विदेश पुग्न थालेको हो ।