यसैपनि अबैध आप्रवासीका लागि अबको दिन कठिन थियो त्यसमा पनि आप्रवासीले गर्ने सानो तिनो गल्तीको कारण डिर्पोट हुनसक्ने कानुन अमेरिकी संसदबाट पास भएको छ । एक जना गैरकानुनी आप्रवासीले अमेरिकी नागरिकको हत्या गरेको विषयमा अमेरिकी संसदमा पुगेको यो विधेयक रिपव्लिकन र डेमोक्र्याट सांसदहरुको बहुमतद्धारा पास भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमन हुँदै गर्दा त्रासमा रहेका आप्रवासीका लागि यो कानुन निकै अनुदार हो । अमेरिकी संसदबाट यो बील पारित भएपछि अहिंसात्मक अपराधको सानातिना अभियोग लगाइएका कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बाटो खुलेको छ ।
यो बीलमा मुख्य रुपमा दोषी ठहर भएका नभई अभियोग मात्र लगाइएका कागजातविहीनलाई समेत देशनिकाला गर्नसक्ने प्रावधान उल्लेख छ । यो बिलमा खासगरी चोरी, डकैती, लुटपाट वा गैरहिंसात्मकको आरोप लागेका कागजातविहीन आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रष्ट प्रावधान छ ।
अझै महत्वपुर्ण कुरा त यो आप्रवासीप्रति अनुदार बिल पारित गर्न ४८ जना डेमोक्र्याट सांसदहरुले पनि रिपब्लिकनहरूलाई साथ दिएर बिलको पक्षमा २ सय ६४ र विपक्षमा १५९ मत खसेको थियो । यो बिल शुक्रबार रिपब्लिकन–नियन्त्रित सिनेटमा जान्छ जहाँ ५३ जना रिपव्लिकन सिनेटरहरुको बहुमत छ । सिनेटमा विधेयक अघि बढाउन ६० मत आवश्यक पर्नेछ । यसका लागि रिपब्लिकनहरूले आठ डेमोक्र्याट सिनेटरहरूको समर्थन जुटाउनुपर्नेछ । पेन्सिल्भेनियाका सिनेटर जोन फेटरम्यानले यो विधेयकका सह–प्रायोजकका रूपमा समर्थन जनाइसकेका छन् ।
गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको कुनै कागजातविहिन आप्रवासीले अमेरिकामा राज्य वा त्यहाँका बासिन्दाहरूलाई हानि पु¥याउने अपराध गरेमा राज्यका महान्यायाधिवक्ताहरूले मुद्दा हाल्ने अधिकारको व्यवस्थासमेत बिलमा छ ।, जहाँ यसलाई आगामी दिनहरूमा विचार गरिने अपेक्षा गरिएको छ ।
कसरी आयो यो आप्रवासीप्रति अनुदार बील ?
“लेकेन राइली एक्ट“ गत वर्ष जर्जिया विश्वविद्यालयकी २२ वर्षीय नर्सिङ विद्यार्थी, लेकेन राइलीको हत्या भएपछिको घटनासँग सम्बन्धित छ । यो बिल २२ वर्षीया नर्सिङ विद्यार्थी ल्याकेन रिलेको नाममा राखिएको छ, जो गत वर्ष जर्जियामा कागजातविहीन आप्रवासीद्वारा मारिएका थिए । बिलले रिलेको हत्याको लागि नोभेम्बरमा आजीवन कारावासको सजाय पाएका भेनेजुएलाका जोसे एन्टोनियो इबारा जस्ता मानिसहरूलाई लक्षित गर्ने लक्ष्य राखेको छ ।
उनलाई एक अवैध आप्रवासीले हत्या गरेको थियो । “लेकेन राइलीको हत्या एक असहनीय र भयावह अपराध मानिएपछि उसैको नाममा कानुन बन्ने छ । विधेयकले अमेरिकाको बिग्रिएको आप्रवासन प्रणालीलाई सुधार गर्न र यस प्रकारका अपराधहरू रोक्न अर्थपूर्ण कदम हुने सासदहरुले बताएका छन । लेकेन राइलीको हत्याको आरोपमा भेनेजुएलाका जोसे इबारालाई नोभेम्बरमा दोषी ठहर गरिएको थियो । उनलाई आजीवन कारावास सजाय सुनाइएको छ । अमेरिकी प्रतिनिधिसभाले मंगलबार “लेकेन राइली एक्ट“ स्वीकृत गरेको छ, जसले नयाँ कंग्रेसको पहिलो विधेयक पारित गरेको हो । यो विधेयक डोनाल्ड ट्रम्प र उनका रिपब्लिकनहरूले नोभेम्बरको चुनावमा आप्रवासनको विषयलाई प्राथमिकता दिँदै गरेको अभियानको निरन्तरता हो । अहिले आइसले साना स्तरका अपराध गर्नेहरु कागजातविहीनहरूलाई पक्राउ गर्न र निर्वासन गर्न असमर्थ रहेकाले अपराधीहरू झन् बढी रहेको भन्दै यसबाट समुदायहरू असुरक्षित बन्दै गएको जर्जियाका रिपब्लिकन सांसद माइक कोलिन्सले बताएका छन् ।